Posted by: Bhaute January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हि'जाज जमाना पनि सारै खराप छ के रे। कोइ नौलु मुन्छे चौताराँ आम्दा पनि को आयो को भनेर गाम्लेहरु बोल्न डराम्छन। यी नयाँ मुन्छे पनि देशा'ट चइनि छिरेका रिकुटे हुन् कि गाम कै चइनि कुनै मुन्छे धामी मन्तर सिक्न खोजेर उछितो लाम्न नसकेर त्यसै बिच्किँदै हिनेका मुन्छे पो हुन कि। घरी घरी डँङ्किनी डँङ्किनी भन्दै बर्बराइ झैँ नि मानिचु। यस्ता कुरामा चैनि हाम्रै सिरे जवईँ सिपालु छन् के रे। कुन मुन्छे कहाँ बाट आयो, के कति गरह दशाले समा'र यस्तो भयो बनेर थाह पाउन त सिरे जवईँलाई नै सोध्नु पर्ला। उता हाम्रा पुन्टे दाजी त्यो के जाति चइनि शाहि-पिचास झार्नि मन्तर सिकेका रे। तिनका गरहले थाम्न नसकेर हो कि कुन्नि त्यसै बिभिन्निँदै हिड्याथे अरे भन्नी सुन्याथेँ के रे। हि'जाज चौतारा तिर नि झुल्किँदैनन। कतै ओडार सोडार तिर पसेर झुसिल्लिरा खाएरै बस्न पर्ने गतिमा पो पुगेकि। नत्र धोबिनीले त्यत्रो घ्याम्पो भरी रउसी पार्दा कछाड उचाल्दै आउनु पर्ने हो के रे, रउसि खान। अब धेर-थोर त हाम्रा नेपेदाजीलाई नै थाहा होला के रे, पुन्टे दाजि चैनि के कता रुमल्लिनु भा'छ भनेर। :-) -भउते
Read Full Discussion Thread for this article