Posted by: Birkhe_Maila January 9, 2006
Nepal or US???
Login in to Rate this Post:     0       ?        
सबैको बिचार आफ्नो ठाउँमा ठिक लाग्यो। तर ग्वाज्यो जीको बिचार अलि मन पर्यो मलाइ, शायद मेरो व्यक्तिगत बिचार संग मेल खाएर होला। मेरो व्यक्तिगत बिचार भने नेपाल नै फर्कने छ। केहि समय अबश्य लाग्छ। केहि सिक्नु छ, केहि बुझ्नु छ! यहि धागोमा कसैले ठिकै भन्नुभएको छ " कतिपय कुराहरु नेपालमा ठिक छैनन्- जस्तै- वेरोजगारी, प्रतिभा संकुचन,राजनितीक अस्थिरता ईत्यादी। तर बिश्वको सबै भन्दा विकसित देश संग तुलना गरेर नेपाललाई हेर्दा त धेरै कुरा अस्त व्यस्त देखिन्छ र बिकास स्तरको Gap बढि feel हुन्छ र यसले झन झन बढि नेपालमा बाँच्न गारो छ भन्ने अनुभव गराउँदोरेछ। अर्को कुरा केहि वर्ष अमेरिका वा अरु कुनै बिकसित देशमा बसेपछि सुबिधाभोग गर्ने एक किसिमको बानि पर्दो रहेछ र त्यस्तै स्तरको सुबिधा नेपालमा पाइन्न भन्ने अर्को त्रास अन्तरमनमा पर्दोरेछ जस्तो लाग्छ मलाइ। शायद यस्तै हरु पनि धेरै कारणहरु होलान जसले हामिलाई यो सोच्न बाध्य गराउँछ कि 'के नेपालमा अब बाकि जिवन बिताउन सकिएला त?' भन्ने। यि बाहेक अरु आ-आफ्नै आस्था अनुसारका सामाजिक, आर्थिक, धार्मिक अनि व्यबहारिक कुराहरुको संतुष्टी त नेपालमा जस्तो हामि नेपालीलाई कतै गए पनि हुँदैन।
Read Full Discussion Thread for this article