Posted by: shree5 January 9, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
मैले त प्रजातन्त्र आएसि त्यो राजाको गुलामी गर्ने स्कूल गीत त फेरे होलान्, कमसेकम तोडमोड सम्म त गरे होलान् भन्ने ठानेको थिएँ । उति खेर नै मलाई हाम्रो स्कूल गीत नामको भक्ति-गान गोपाल योञ्जनको सिर्जनशीलताकै कलङ्क हो भन्ने लाग्थ्यो । स्कूल गीतको कुरा मलाई भने उतिखेर नै मन नपर्ने के, राजाको कृपाले गरिखान पाएको जस्तो रे के, साऽऽले । मलाई भने honestly नै त्यतिखेर पनि नेपाली भाषा नि बोल्न नजान्ने राजा (बिरेन्द्र) लाई यस्तो भगवान झै मान्न त नहुनी हो जस्तो लाग्थ्यो । भुत्राको तेस्को बाउको पैसा हो र, गरीबका छोरा सिपाही हवल्दारको तलव काटेर, तीनैले ईट्टा वालुवा बोकेर बनाएको स्कूल भुत्राको राजाको आशिष हुन्छ र जस्तो लाग्ने के । मैले त्यो बेलामा नै यस्तो कुरा एउटा नेपाली पढाउने (गुल्मेली) शर्मा सर हुनुहुन्थ्यो, पछि उहाँ ग्यालेक्सीमा जानुभयो, उहाँसँग र अर्को एक जना (झापाको-?) पोखरेल सर जो पछि राईजिङ्ग नेपालको सम्पादनको काममा जानु भयो - उहाँसँग र अर्को सर पछि जो गोर्खा स्कूल हङकङ (प्रिन्सिपल नै भएर हो कि -?) मा जानु भयो र जो खतरै सँगीतकार हुनुहुन्थ्यो (शायद अरुण थापाको सुप्रसिद्ध एउटा गीत उहाँद्वारा नै सँगीतबध्द हो) उहाँहरु सँग पनि गर्थेँ । पहिले त उहाँहरुले अप्ठेरो मान्नु हुन्थ्यो, पछि भने खुलेरै कुरो गर्नु हुन्थ्यो, हामी राजाका गुलाम हुँदै हैनौँ भन्ने । स्मृतिकै कुरा गरेको, जतिखेर पुलिस स्कूल भित्र सामान्य सँस्कार भनेको जीवन बाँच्नुको अर्थ नै राजभक्ति हो भन्ने असभ्यता सिकाउने थियो- त्यो बेलामा पनि मेरो सौभाग्य, मैले शर्मा सर (जो खाँटी काँग्रेसी), पोखरेल सर (कम्यूनिस्ट प्रति सहानुभुति राख्ने) तथा गुरुङ्ग सर (काँग्रेसी) बाट राजनैतिक दिक्षा पनि पाएको थिएँ । त्यो बेलामा बहुदल नि आईसकेको थिएन, पँचायत आफ्नो peak मा थियो । ती कुरा लीक भएको भए ती सरहरु मात्रै हैन, बिचरा मेरो पनि खैरियत रहने थिएन नै । त्यो बेला भनेको पुलिस फोर्स भित्र रिस उठेर सबभन्दा नराम्रो गाली गरेको भनेको "तँ बहुदलेको सन्तान" भन्ने समय थियो । जे होस्, मानिसको चेतनालाई पेलेर पेलिन्न, त्यो प्रस्फुरण भएरै छाड्छ भन्ने कुरा नेपालका मध्ययुगिन neanderthal हरुले चाँडै बुझुन भन्ने आशा लाग्छ । बहुदल आएसि भने बाँकी पुलिस फोर्स जस्तै नै स्कूल नि धेरै open र democratic भएको महसुस हुन्थ्यो, जसको श्रेय म भने तत्कालिन प्रिन्सिपल जर्ज जोन प्रति समर्पित गर्छु । उहाँले समय अनुसार त्यो बेलामा नै हामीलाई sense of democratic politics दिन खुब खोज्नु भएको हो । उहाँका नि आफ्ना limits त पक्कै थिए होलान्। रेडियो सुनेर कुन नेताले के कुरा गरे, संबिधान नि नबन्दै संबिधान को बारेमा, भावी सँसद आदिको बारेमा, राष्ट्रिय सभाको चुनावको बारेमा आदि कुरामा हरेक दिन एसेम्ब्लीमा पालै पालो explain गर्न प-थ्यो । कोही कोही साथीहरु भने अझै non-resilient नै थिए - उनीहरुले त्यो कुरा बुझे कि बुझेनन् तर होस्टलमा रेडियो सुन्न पाएकोमा उनीहरु पनि खुशी नै थिए । र पछि देव सर हरु आए पछि यसलाई झन पुरै समर्थन गर्नु भयो । जे होस्, त्यो बेला समय र परिस्थितिको सीमा भित्रै रहेर उहाँहरुले जे दिन खोज्नु भयो, त्यो ठूलै मान्थे मैले । हाम्रो त्यतिखेरको सबभन्दा ठूलो jealousy बुढानिलकण्ठ स्कूल सँग हुन्थ्यो, पढाई देखि फुटबल देखि स्कूलको रेटिङ्ग सम्म । र राजनैतिक कुरो बुझेका सरहरुले (यो बहुदल पछिको अवस्थामा) बुढानिलकण्ठ स्कूलले कसरी सहजै आफूलाई उदाहरणिय रुपमा adapt गरेको छ भन्ने कुरा खुलेरै प्रशँसा गर्थे, तेतिखेर बरु बुढानिलकन्ठमा पढ्न पाएको भए हुने रहेछ भन्ने डाह लाग्थ्यो । र यो कुरा मैले अहिले बुढानिलकण्ठ स्कूलको हरेक प्रोडक्ट भेट्छु, अनि झन् भन्दा झन् सत्य लाग्छ । मलाई स्कूलहरुमा बुढानिलकण्ठ स्कूल जस्तो सर्वोत्तम चाँहि अरु कुनै रहेनछन् भन्ने चाँहि अहिले पनि लाग्दछ के । genius त ब्यक्ति आफै हुने हो तर शिक्षा-दीक्षाको हकमा भने स्कूलले बिद्यार्थीलाई dispense गर्न सक्नेमा भने साँगा लगायत कुनै पनि स्कूल त्यो हाम्रो सौता जत्तिको चाँहि, कमसेकम मेरो reading मा, अरु कुनै पनि नेपाली स्कूल साँच्चिकै रहेनछन् । जे होस्, हामी कक्षा भित्र नै बेला बेलामा चुनाव गर्थ्यौँ, खेले जस्तै गरेर । नाईट स्टडीमा पछिल्लो क्लासरुम सफा गर्ने टाईममा हामी रूख र सूर्यको बीचको चुनाब गर्थ्यौँ । many को दाई चाँहि हाम्रो क्लासको काँग्रेस को ठूलो प्रवर्तक र सिद्धान्तकार । पुलिस स्कूलमै भएर पनि मेरो sentiment चाहि many सँग ठ्याक्कै मिल्दो रहेछ, साह्रै, साच्चि नै खुशी लाग्यो माने । Keep rolling...
Read Full Discussion Thread for this article