Posted by: shree5 January 9, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
achilles, which batch are you? looks like we are the same or close. मकै चोर्न हिँडेरै गए नि हुन्त्यो नि, त्यो आधा रातमा त के हुन्थ्यो र, हामीलाई फेरि "कमान्डो" नै बन्न पर्ने, अनि कुहिनाको भर घिस्रेर crawling नै गर्न पर्नी, थुईक्क बुद्धि । मलाई त झन आपत के, आफू परियो branded पढन्दास, अनि ईज्जत राख्न लाई नि अरुको जति कुहिनाको छाला नगए सानो भईन्छ कि झै लाग्ने के । एक जना "राई" (पुरा नाम भनिन है) हुनुहुन्थ्यो, त्यो बेलामा नै एकदम scientific aptitude को हुनुहुन्थ्यो उहाँ । त्यति खेर अलिक अस्तिन ज्ञानेले नेपालमा रेडियो बन्द गरे जस्तै थियो, होस्टलमा रेडियो सेडियो केही सुन्न नपाईने । अनि हाम्रो राईजीले बेटरी चोरेर त्यसको कार्बन रड लेराएर फेरि के के earthing गरेर उहाँले रेडियो बजाईदिनु हुन्थ्यो, मलाई लाग्छ उहाँ अहिले त खतरै ईन्जिनियर - साईन्टिस्ट हुनु हुन्छ होला । तेसरी घिस्रेर हरिया मकै चोरेर लेराए पछि राईजीले नै ईट्टा खोपेर अनि साईन्स ल्याब बाट के के तार पनि चोरेर लेराएर makeshift electric heater बनाईदिने । अनि मकै त्यसमै पोल्ने । कोही चुरोट खाने केटाहरुले फेरि चुरोटको झिलझिले कागज दिने, अनि मकै भुटेर खाने । त्यसरी खाँदा एक मुठी मकै प-थ्यो, त्यो पनि कति धेरै र कति मीठो लाग्ने के । परिश्रमको फल मीठो हुन्छ भन्ने भनाई क्या सत्य रहेछ । त्यस्तै टिफिनमा हलुवा दिँदाको दिन को पनि आफ्नै कहानी छ नि । खानेकुरा फाल्न त के टेबुलमा पोखे टेबुलै चाट्न पर्थ्यो । अनि हलुबा चाँहि थालको तल पट्टि टाँसेर माथि पट्टि थाल पनि चाटेर टिलिक्क पारेर ढोकामा पु-याउने, ढोकामा पदम सरले सबैले खायो त, मीठै रहेछ त भनेर मख्ख पर्ने के फेरि, सोम उल्लु भाको पत्तै नपाउने । Keep rolling...
Read Full Discussion Thread for this article