Posted by: shree5 January 9, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
हुन त यहाँ साथीहरुले नाम लिई सक्नु भयो, मैले नि फेरि उहाँहरुको नाम लिँदा साथीहरुले माईन्ड गर्नु हुन्न होला, मैले भुलेँ, सायद सुमन ले हो कि चिरुले नै हो, बदमास हरु त तिमीहरु नै थियौ क्यार, रमेशमान खान्चोक सरले Pre-vocational मा खेतिपाति गर्न सिकाउनु हुन्थ्यो । अनि एकदिन खेत खन्न जाँदा खान्चोक सरको एप्रोन (अन्य पाठकलाई जानकारी: साँगामा सबै शिक्षकले डक्टर हरुले जस्तै गाउन लगाउनु पर्थ्यो, ड्रेस कोड नै हो) मा भ्यागुता हालिदियो कसैले । भ्यागुता नि उहाँको खोल्तिमा उफ्रिने, उहाँ पनि उफ्रिने , साह्रै मजा भएको थियो । त्यस्तै एक जना सर लाई (नाम नलिउँ यहाँ, उहाँ पाकिस्तानी हुनुहुन्थ्यो कि?) हत्तु पार्थे केटाहरुले पछाडिबाट "एऽऽऽ नक्कली" भनेर । पदम सरको उसले खुब माया गरेर पालेको एउटा कुखुराको भाले (rooster) थियो । नाईट स्टडी हुँदा हुँदै मेरै क्लासबाट एक जना साथीले गुलेलीले ढालिहाल्यो, भोलिपल्ट हामी सबैले कस्तो सजायँ खायौँ होला ? Keep rolling...
Read Full Discussion Thread for this article