Posted by: Guruba January 8, 2006
"Mit-Mitini" Tradition
Login in to Rate this Post:     0       ?        
लामो लेख्ने मन भएन व्यक्तिगत परिस्थितिले गर्दा, अलि ज्यादा भेट्ने साथीभन्दा परका मान्छे सँग मीत लगा'को मात्र कुरा गर्छु ल । हाम्रो गाउँमा हिउदमा पर गाउँका मगर्निहरु मूला, भाँगो, आदि आदि ल्याएर आउँथे, उनिहरुसँग गाउँका केहि महिलाहरुले सैना लगाउँथे । कहिले काहीं सैना हरु सैना कहाँ बास बस्ने गरि पनि आउँथे । वर्षेनी हिमालतिरबाट केहि 'भोटे' (गाउँमा यसै भन्छन् गार्हो नमानौं है साथी हो )हरु हिङ् , बिरे नुन, सियो, जम्बु आदि आदि ल्या'र आउँथे । गाउँका उमेर मिल्ने ठिटागरु उनिहरुसँग मीत लाउँथे । मेरो चैं मीतेरी ला'को साथी छैन ।
Read Full Discussion Thread for this article