Posted by: Bhaute January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
अब सुनाखरी सँअ त सँगै इस्कुल गा'को के रे नि म। केटी पढाइमा नि खतरै थी के। अब सँधै साँझ साँझ मेरै घर आम्थी पढ्न, रातभरी मिलेर पढ्थेम। अनि किन खतरा न होस् त नि। अब म सँधै पहिला हुनी, त्यो दुसरा हुनि के रे। सात कलासाँ त कता'ट केटी पो पहिला भै के। अब मैलेइ सिखाउनी मैलाई जित्नी भ'सी मलाइ ति जातिबित्ति जो रिस उठो के रे, अनि त बोल्नै छाडेँ त्यो सँअ। अनि म सँअ मिलेर पढ्न छोडेसि त्यसका के चल्नु नि। आठ कलासाँ झण्डै फेल भाकी। अनि त्यसका बाले छोरी बिग्रन लागी भनेर शहराँ बोडिङ हो कि सोडिङ हो के जाति ईस्कुलाँ हाल्दिए के रे नि त। अनि त अउँरेजी पनि भटटट मकै पड्क्या जस्तै हो तेसको त। अनि इसेल्सी दे'सि फेरि केटी गाम मै आइ के रे, चुच्चे ढुङ्गो उहीँ टुङ्गो भने जस्तै। एउदिन म भुटेका मकै खादै चौतारातिर निस्क्याथेँ। सुनाखरी नि त्यैँ छापाको चौताराँ बसेर तल बनतिर बाख्रा लगाएर एक्लै गट्टा खेल्दै बसि रै'छ के रे। केटीले आजै नुहाएकी रे'छ। लपक्क तोरीको तेल लगा'र चिटीक्क परेर बसेकी रे'छ के। अनि म सँअ धेरै दिन नबोलेको भ'र हो कि कुन्नि असाध्य अतास्सेकी रे'छ के। अनि त पहिला बोल्न नि सकिन, अनि मलाई हेर्दै मुसुमुसु हाँस्दै फेरि गट्टा खेल्दै गरि के रे। मलाई नि सारै बोल्न रहर लाग्यो के रे। अनि मकै खान्छेउ ? भनेर सोधेँ। केटी त फुरुक्कै नि। खान्छु भन्दै म भा'को ठाममा आई। लु खल्ति थाप भनेको त्यसले त खल्ति नै नभाका कपडा लगाकी रे'छ के। खल्ति नै छैन मेरो त, लु यै फराकमा देउ भउते भनेर फराक उचालि के रे। म त नजिकै उभ्भेको, क्यै मेसो पाइन के रे। खुरुक्क मकै हाल्दिएँ त्यसका फराकमा। तल बार मुनि त्यै नमे लुकेर बसेको रे'छ के रे। केटी सँग झ्याप्पै नजिक पर्न लाज मान्छ के यो नमे। अनि त त्यस्तै बार सार तिर'ट लुकेर चैँ हेर्छ केटोले।अनि नमे त एकैचोटी हित्तित्तित्ति हाँस्यो के रे। के भे'छ भनेको त सुनाखरीले कट्टुनै लगाकि रैनछ के। अब आज नुहाको, कट्टु चिसो भेर सुकाकी रे'छ। सप्पै कपडा शहरमै छाडेर आकि फेरि। अनि त केटी रातो र पिरो भैँ। मकै सकै भुईँ भरी भयो के रे। त्याँसि हाम्रो नजिक परो कि रातो न रातो हुन्थि के केटी। अस्ति फेरि हाम्रा घराँ आई। मेरो त बिहेको कुरो चल्याछ भउते, भनी। आफूलाई नि केटी मुन परेको के रे। पैला त के भनम भनम भो। अनि को सित नि भनेर सोधेँ। कुन्नि कुन मुन्द्रे भन्ने सँअ भनी। अनि तिम्ले चिनेको मुन्छे हो रे, कस्तो छ भनेर सोध्न आकी हुँ। नाम सुन्दा त यत्तीलामो कपाल पालेर कानमा मुन्द्रा लगा'र, जिनस पाईँट ७ ठाममा टालेर हिड्ने मुन्छे जस्तो छ। फुनमा गफ अर्दा फेरी तारीगाइ जस्तै सोझो मान्चु। फेरि मलाई कतै मुग्लान तिर ल'र बेच्नि त हैन? भनेर गुनासो अरी के रे। अब त्यो स्यानेलाई मैले राम्रै चिनेको के रे। त्यसैले ल ल नडरा, त्यो स्यानेलाई मैले चिन्याछु। त्यसले सानै देखि कानमा सानो सुनको मुन्द्री लगाउँछ, त्यसैले मुन्द्रे भनेका हुन। नाम त स्याने हो। केटो खास्साको छ। अब तँ बाख्री हैनस, भैँसी हैनस केका बेच्नी हो तँलाई? भनेर सम्झाएँ। त्यति भन्दा नि केटी खासै खुसी देखिइन के रे। त्यसका मन पनि मेरा जस्तै म माथि भा' अब के जानम र। केटी मुन्छे, हजार ओटा रुप हुन्छ भन्छन। नत्र भने त्यसका र मेरा बिचाँ कुनै लस-पस छैन ल। अब त्यो वाइफिरेन स्वाइफिरेन भन्नी मैले नि बुझिन के रे। बजाराँ बसेकि केटी, सिनिमा हेरेर केके केके जानेका हुन्चन। कुरो त्यै हो। अब के अर्छौ त नि स्याने? मलाई त तिम्रो र त्यो सुनाखरीको जोडी चखेवा चखेवी को जस्तै हुन्च जस्तो लाउच के रे। अब तिम्रो बिचार। :-) -भउते
Read Full Discussion Thread for this article