Posted by: Ocean January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
भन्नु भन्यौ काका केइ बाँकी राखेनौ, सपैकुरो सिकाएउ अनि गामका केटा’रलै त्यसै त्यसै उचालेर बान्ना दुलो देखेनी बाँसा ढुम्रो देखेनी मनै ढुक्क फुलेर आउनीअरी काउली र प्याउलीआ कुरा अर्चौ अनी चौताराँ आ’र मुन्द्रेलाइ मैले खोज्दिएँ नि भन्चौ ! अस्तिन तेति आश मलै नदेखा’भ अइलेसम्मु यो माघमासा जाडाँ यता फर्के भित्तो उता फर्के रित्तो भ’र सुत्न पर्तो र मलै ? तिम्लेअर्दा तो सुनाखरीले फुनाँ भन्नु सम्मन भनिन मलै आज लौ । हम्म्म्म् ! यो केटो सुनाखरीयो फोटु देखेसी बौला’र हिडिच भन्देचन् त्यसका दाइकाँ ग’र अनि दाइले आफ्नी बुइनीलाइ भनोहोला । त्यै भ’र होला मोरीले फुनाँ मलै त “तिमि बौलाअस्ता छउअरे” पो भन्चे बा ! जे भनेनी रिसाइआल्न त भ’न भुनेर मैलेनी “मलै किन त्यस्तो भनेकि मोरी” भुनेर सोधेँ के रे । “हाम्रा दाजैले त्यसै जो भन्नुन्तो” भन्चे । यि काकालै तेस्का दाइसँ ग’र चाइनी नचाइनी कुरो क्यार्न अर्न पर्दो ओ कुन्नी ? मलै त सर्म लाओ र मना’कुरो क्यैनी भन्न सकिन मोरी सँ । तेल्ले त के के हो के के भनि । सपैले देखेकै छौ, मेरा त खान्दानी जुवाँ जो पाल्नि अरेओ छु के रे, यसो गाम छोडेर वल्लापल्ला गामतिर जाँदानी मुन्छेअरु लौ पल्लागामका जुँगेस्याने आए भनेर कत्रो मानमनितो अर्चन् । केटी त “तिम्रा जुवाँ छन् कि छइन्” भनेर पो सोध्चे गाँठे ! अनि आफै खितित्त हाँस्चे नक्कली त !
Read Full Discussion Thread for this article