Posted by: sajhabusaima January 8, 2006
"Mit-Mitini" Tradition
Login in to Rate this Post:     0       ?        
ऊज्यलो भयो सबै आ आफ्ना काम मा लागे अब हामि लाइ घर बाट पाइला राख्ने अनुमति थिएन । बेलुका मित्जु आइपुग्नु भो सबैले ऊहालाइ यति गालि गरे कि कुरा नै भएन । उहा रात भर रुख माथि बास्नु भएछ पानि तर्खा र भोक अनि अध्यारो ले छोपे पछि त हुनु भएछ रुखमा बसेर रुन लाग्नु भए छ र बिहान घास काटन जाने हारु ले पो देखेछन र अंकल(लालेको बुबा) गएर लिएर आउनु भएको रहेछ। रा मामा को त अझ पत्तो नै छैन, गर्मि बिदा मा बस्न मेमि ले लेराउनु भएको । फेरि उसलाइ गाऊ मा बाहेक छेउ छाउ गाउ का ले चिन्दा पनि चिन्दैनन समस्या पर्यो मामा घर मा फोन गर्न फोन थिएन , अब के गर्ने ममि ले दादा लाइ मामा घर गएर हजुरबुवा र ठुलो मामा लाइ भन्न भन्नु भयो । घर बाट ७ किमि टाढा मामा घर छोरा हराएको खबर ले मामा र हजुरबुवा इकैचिन मा थित्रो ट्याक्टर लिएर आइपुग्नु भयो । सबै तिर खोजि हुन थाल्यो अन्त तिर पनि हल्ला फैलियो त्यस पछि यो कुरा घर बाट ५ किमि टाढा रहेका हजुरबुवा (ममि को मामाघर) को घर सम्म पुगेछ । बुढआ हजुरबुवा आउनु भयो लाठ्ठि टेकेर नाति लाइ शाथ लिएर । पछि पो थाहा भयो मामा चिप्लेटि बाट भागेर हजुरबुवा का लुक्न गएको रहेछ र भनेछ हजुर बुवालाइ भेटन आएको दिदि का आउदा खेरि (हजुर बुौाको घर मामा घर को ऊल्टो दिसा मा पर्छ)। मामा ले भेट्यो हजुरबुौा को हात बाट तिन झापड र दादा लाइ उसको सबै लुगा झोला मा हालेर दिन दादा लाि भन्नु भो।ठुलो मामा , मामा र हजुरबुवा , हजुरबुवा लाइ छोडन जानु भयो र त्यतै बाट घर । अब ममि लाइ र अण्टि लाइ अर्को समस्या पर्यो त्यो अंकल को । घर मा आएर गएको २ हप्ता भएको छैन , अनि जरुरि छ भनेरा फोन गरेको छ फेरि घोथे को बाट अन्टि ले फोन गर्नु भो जिल्ला कार्यालय तर अंकल हिडि सक्नु भएको रहेछ। अब अर्को दनक भेटने टाइम हे्रन थाल्यौ हामि दुइ ले एक आर्का लाइ हेर्दै.................
Read Full Discussion Thread for this article