Posted by: kick January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
दादाले बडो रस पर्नि कथा सुनाए है। **** मैले चौपारीका लाठेहुरलाई के के भनिन? भन्नु नभन्नु भने। थोरैमोरै गनगन त अरिन् मैले। केटीआ मामिलाँ तिनलाई नामर्द भनिन कि हुतिहारा भनिन कि? अनेक भनेँ। के अर्न पर्च केटी फकाउन भनेर एउदुइटा टिरिक नि भने। तै केइ लाएन मेरो। केइ अर्न सकेनन्, ङिच्च दाँत देखाएर केटी खोज्देउ काका भन्न बाएक। मैले त कोइ न कोइले काकाओ कुरो मनाँ लेलान त के रे नि भन्नि सोँचे, तर सप्पै जो कानाँ तेल हालेर बसेआ रैचन्। आशैआशाँ बुढो हुनि भएँ म। एउटोले ''काका, तँपैले भनेओ कुरोले मनाँ घोँचो। तेसैले आज खुसिओ जो कुरो लेर आओछु। तो फुर फुर अर्दै हिन्नि छ नि, तो तल्लो गाउँकी सावित्री, हो तेल्लाइ त खरवारीआँ लएर पल्टाए के रे नि मैले'' भन्लान भनेओ थेँ, तर के भन्ते खै? अनि अर्कोले ''तो जुरेली जस्तै नक्कल अर्दै हिन्नि पार्वतीलाई ढिँकीओ कोखाँ लएर उत्तानो पारेँ के रे नि आज'' भन्लान् भनेको तेस्तै भओ। ''सेब्बास् केटा, जाति अरिचस्'' भन्दै पिठ्यूँआँ धाप मारुला भनेको भएन। ठीकै छ। क्यार्नी हो यिनले भनेओ सुन्दैनन् भनि? आजकलका केटा एस्तै हुनि रैचन् भन्न परो। केटाहुरले जे अरे नि मया त यिनहुरको मलाई ज्याद्रै जो लाग्च है फेरि। काका भनेर मानमर्यदा नि ज्याद्रै जो अर्चन। पर्दावर्दा नि ''लौ केटा हो'' भन्नासाथै दुगुर्दै आइहाल्चन्। अव यी केटाहुरलाई कति गनगन अर्नि हो, बरु सयोगै अर्न परो भनेर हिज ब्यानै जो मुन्द्रे केटोलाई लेएर कुस्मा बजार तिर झरेँ। सुनाखरी सुनाखरी भनेर हत्ते जो गरेओ छ तेल्ले। सप्पैका सल्लाले तेसैलाई जो पार्नि भएँ म त। केटो बडो फुर्तिसाथ हिनो मसंग। ज्याद्रै जो खुशी देखिन्तो। मैले 'पर्दैन पर्दैन' भन्दा भन्दै नि मेरो झोलो खोसेर तेल्ले जो बोक्दो बाटाँ। बाटाँ मैले ''लौ मुन्द्रे, खोजेकी जस्ति केटी तलाईँ जो हुनि भओ। भन्न त म र सिरे पखराँ हुँदा तो केटी भउतेलाई भनेर मागेका थिम् के रे। भउते नि तो नाइटी र सुनाखरीआँ दोमन भएर खबरै दिन सकेन्। जे होस्, हाम्लाई गाल नपर्ला के रे'' भनेँ। मुन्द्रेले ''ओहो...लौ काका तो भउतेओ कुरो नअर्नुस् म संग! तेस्ता नि मुन्छे हुनि रैचन्। भए जतिआ केटी मै लान्चु भन्नि नि कैं हुन्च?'' भनो। ''अव तेस्का कुरा छोड्नुस्, तेइ नाइटीलाई लए लान्च नलाए लान्न तेल्ले। पछि तिघ्रा पडकाएर हामीसित जोरि खोज्न आएच भनि तेस्का चन्नीआ रौँ गोड्न मैले नि जानेओ छु। तपैँ चिन्ता नअर्नुस'' भनो। मैले चैं ''हैन मुन्द्रे, तेसो नभन्। जे भानि केटो सोजै जो हो। यो केटीआ कुराँ मान्छेओ चेत हराउँच के कइलेकाँइ। तेस्को नि चेत फिरेसि सप्पै ठीक हुन्च'' भने।
Read Full Discussion Thread for this article