Posted by: Ignitor January 8, 2006
Pradeep Giri's Latest Article
Login in to Rate this Post:     0       ?        
हिंसा र गृहयुद्धको भुमरीमा फसेको देश हाम्रो मात्र होइन । राजहठका कारण १७ औं शताब्दीको इंग्ल्यान्ड रक्तरञ्जित गृहयुद्धमा फसेको थियो । प|mान्सका राजाले त्यसबाट केही सिकेनन् । उनले १८ औं सदीमा प|mान्सलाई हिंस्रक गृहयुद्धमा होमे । २० औं शताब्दीको उत्तरार्द्धमा इरान, अफगानिस्तान र कम्बोडियाका राजवंशले आ-आफ्ना मुलुकलाई गृहयुद्धमा धकेले । इरानका राजा शाह, अफगानिस्तानका जाहिर शाह, कम्बोडियाका सिंहानुकले मुलुक र जनताको माया गरेनन् । मात्र आफ्नो स्वार्थ हेरे । फलस्वरूप देश छोडेर भाग्न विवश भए । बेलैमा चेतेको भए भाग्नुपर्ने थिएन । दुर्भाग्यवश नेपाल पनि त्यसै दिशामा हिँड्न खोजेको त होइन ? राजा ज्ञानेन्द्रले चेत्नुपर्ने हो । हामीले पनि सोचविचार गर्नुपर्छ- राजतन्त्र उखेलिनासाथ मुलुकमा शान्ति र व्यवस्था हुँदैन । राजतन्त्र विस्थापन गर्न सफल भएका देशहरू लगत्तैपछि झन् ठूलो विपत्ति, भुँवरीमा परेको देखिएको छ । अफगानिस्तान, इरान र कम्बोडियामात्र होइन, प|mान्स र इंग्ल्यान्डमा पनि राज्यक्रान्तिपछि त्यस्तै दुर्भाग्यपूर्ण घटनाचक्र भएको इतिहासमा अंकित छ । त्यसबाट हामी सचेत रहनुपर्छ । राजाले आज मुलुकलाई ठूलो विपत्तिमा अवश्य पुर्ΕΎयाएका छन् । त्यतिमात्र होइन, मुलुक गृहयुद्धको यही अवस्थामा टिकिरहोस् भन्ने राजाको मनसाय देखिन्छ । त्यस्तो भएमात्र आफ्नो सत्ता टिकिरहने राजाको हिसाब देखिन्छ । त्यो उनको ठूलो भुल हो । तर यो जेसुकै भए पनि राजाले गद्दी छोड्दैमा वा मुलुकमा गणतन्त्रको घोषणा हुनासाथ सारा समस्याको समाधान हुन्छ भन्नु सत्य हुनेछैन । त्यसपछि वा अघि पनि गर्नुपर्ने थुप्रै छन् । यसैले हाम्रो संघर्षको एकमात्र अचानो राजामात्र छन् भन्ने होइन । राजाले बुझ्नुपर्छ- कांग्रेस -प्रजातान्त्रिक) सार्वभौमसत्ता सम्पन्न संविधानसभाको दायरामा रही थालेको संवादका निमित्त सधैं तत्पर र प्रतिबद्ध छ । -लेखक कांग्रेस -प्रजातान्त्रिक) का नेता हुन् ।) - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=61992
Read Full Discussion Thread for this article