Posted by: Ignitor January 8, 2006
Pradeep Giri's Latest Article
Login in to Rate this Post:     0       ?        
धेरै उकालो ओरालोपछि बीपीले पार्टीलाई राष्ट्रिय मेलमिलापको कार्यनीति अंगिकार गर्न प्रेरित गर्नुभयो । मेलमिलाप प्रकारान्तरले ०७ सालको क्रान्तिको ऐतिहासिक सम्झौता क्रियान्वयनको आह्वान थियो । बीपीको आह्वानबाट राजा द्रवित भएनन् । त्यस्तै निराशामा बीपीको देहावसान भयो । त्यसपछि पार्टी सत्याग्रह र संयुक्त जनआन्दोलनको दिशामा अग्रसर भयो । मौखिक घोषणा नगरे पनि पार्टीले मेलमिलापको कार्यनीति परित्याग गर्žयो । सर्वोच्च नेता गणेशमानसिंहको नेतृत्वमा ०४६ को महान् जनआन्दोलनमा जनता विजय भए । तर राजाको सम्मान यथावत् रह्यो । राजासमेतको सहमतिमा नयाँ संविधानको मस्यौदा तयार भयो । त्यो संविधान संविधानसभाले तयार गरेको आलेख थिएन । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सिफारिसमा राजाले त्यो संविधान जारी गरे । आज नेकपा -माओवादी) भनिने पार्टीको मातृसंस्थाले तत्काल त्यसैबेला संविधान जारी गरिएको प्रक्रियासँग असहमति जनाएको थियो । अझ, त्यस पार्टीले जनआन्दोलनको दौरान र लगत्तै संविधानसभाको औचित्य र अनिवार्यतामा जोड दिएको थियो । तत्कालीन परिस्थितिमा उनीहरूको आवाजले प्रतिध्वनि पाएन । घटनाक्रमले आज संविधानसभा र गणतन्त्रको नाराले सिंगो मुलुक गुञ्जायमान भएको छ । कुनै पनि दल शून्य आकाशमा रहँदैन । दलहरू समाज र राष्ट्रको भावना र धुकधुकीका संवाहक हुन् । आज पार्टीले गर्ने निर्णय उसको मनोगत जगत्को कुरा होइन । नेपाली समाज र राष्ट्रको ठोस परिस्थितिमा टेकेर यो निर्णय गरिनुपर्छ । विभिन्न वर्ग, जाति, समूह र संस्थाबाट राष्ट्रिय राज्य नेपाल निर्माण भएको छ । पार्टीले कुनै निर्णय गर्दा ती सारा तत्त्व र शक्तिलाई आत्मसात् गर्नुपर्छ । मुलुक र पार्टीभित्र पनि गणतन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा अभिमत छ भन्ने हामी बिर्सन सक्दैनौं । युवा पुस्ता, विद्यार्थी, किसान र मजदुरको प्रचण्ड बहुमतमा राजतन्त्रप्रति कुनै मोह छैन । तर सहरमा सरेका र अभिजात वर्गमा दरिएका उच्च मध्यम वर्गबारे यही कुरो भन्न सकिंदैन । अझ सामन्ती सम्पत्ति र सोचसमेत राख्ने समूह आज पनि राजतन्त्रको अन्त्यको कल्पना गर्न सक्दैनन् । यो समूहले झिनो स्वरले भए पनि विभिन्न विशेषता भएको राजतन्त्रको वकालत गरिरहेको छ । राज्यका कतिपय निकायमा खासगरेर शाही सेनामा यो वर्गको प्रभाव छ । यो वर्गको चित्त नबुझ्दासम्म गृहयुद्धको द्रुत अन्त्य हुन गाह्रो छ । मुलुक गृहयुद्धको मार लम्बिएको धान्न सक्दैन । समस्त नेपाली शान्ति चाहन्छन् । नेका -प्र) ले यो सत्यलाई हृदयंगम गरेको छ । त्यसैले बीचको बाटो पक्रिएको छ । त्यो संविधानसभा हो । नेका -प्र) त्यो पहिलो पार्टी हो जसले संकट निकास संविधानसभाबाट मात्र हुन सक्ने कुरा बेलैमा उठाएको थियो । तत्कालीन प्रधानमन्त्री देउवाको पालामा माओवादी वार्तामा आएको थियो । वार्ताको पूर्वाभ्यासमै उनीहरूले गणतन्त्र छोड्न सक्ने जनाएका थिए । छोडे पनि । अहिले उनीहरूले तात्कालिक निकासका दृष्टिले संविधानसभा स्वीकार गरेको प्रतिबद्धता बारम्बार दोहोर्žयाइरहेका छन् । नेका -प्र) लगायतका सात दलले शान्ति एवं संविधानसभालाई दृष्टिगत गरी साझा सम्झौताको लिखत पनि गरिसकेका छन् ।
Read Full Discussion Thread for this article