Posted by: shirish January 7, 2006
nepali ghazal collection
Login in to Rate this Post:     0       ?        
I will start collecting Nepali ghazals published else where. बूँद राना (भैरहवा, नेपाल) हिजोअस्ति नभएको आज भइगयो बगैंचामा बसाहाको राज भइगयो । उखेलेर फालिएथ्यो हिजो जुन कीलो उही कीलो कलेजाको माझ भइगयो । बल्लतल्ल बिहानीको मुख देखिएथ्यो दिन हेर्न नपाउँदै साँझ भइगयो । जसो भने पनि भयो ढाँटी भनिदिँदा नढाँटेर भनूँ भने लाज भइगयो । जेजे भयो यहाँ त्यसै कहाँ भएको छ पक्कै पनि कोही धोखेबाज भइगयो । (www.nepalikavita.com)
Read Full Discussion Thread for this article