Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
हो हो, साँगाबाट छुट्टि भएसि घर जाने बेलामा काठमान्डुका र काठमान्डु बाहिर का को काठमान्डुको बस-पार्क मा जहिले नि पर्थ्यो । फेरि बाहिरका ले नै जित्थे के धेरै जसो । फेरि हरेक क्लासको पर्ने के त्यस्तो त । म चाँहि पढन्ते खाले परेँ तेति खेर, तेस्तो polarization हुँदा त काठमान्डौ बाहिरको भएकोले खुलेरै नै लागिन्थ्यो, तर सौभाग्यवस पिटापिट भने ५ कक्षामा एक पटक र ६ मा एक पटक, त्यो पनि "सिङ्गल-सिङ्गल" भन्ने परेको हो तर तुरुन्तै जसो कुरो मिलि सकेको थियो। ती कुरा कता गए कता, सम्झे अहिले त उल्टो हाँसो उठ्छ । घर-परिवार छाडेर होस्टेलमा बच्चै देखि बसेपछि अलिक off-the-norm त सबै जाना नै हुने के । सौभाग्यबस, तेस्तो खासै रिसईबी-झगडा चाहि परेन यार । हुन त relatively, म अरु केटाहरु हेरि आफू बढी नै pacifist थिएँ र पनि हो कि । तर तपाईँले भन्नु भए जस्तै कहिले काँही त होस्टल भित्रै नै डरलाग्दो अवस्था पनि नआएको होईन । हाम्रै test sent-up exam ताका पनि हामी जस्ता सोझा पढन्दास खालेले पनि रड, चक्कु, खुकुरी राखेकै थियौँ । तर SLC तयारीको बेलामा नै हाम्रो ब्याचको एक दम राम्रो सम्बन्ध भयो फेरि, सबै जनाले एउटै थालबाट खाने भएर निस्कियौँ । एक दम खुसी पनि लाग्यो, रड हानाहान गर्ने केटाहरु नि एउटै थालबाट खाएको देख्दा । Keep rolling... Keep rolling...
Read Full Discussion Thread for this article