Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
school track-suit पछि कस्तो थियो कुन्नि, हाम्रो पालोमा त क्या झूर के । धुँदाखेरि रङ्ग जाने । लालीगुराँस टुसाउने बेलामा हामी त कपडा धुन कहिले काही त्यो टिचर्स क्वार्टर मुन्तिर धोबिखोलामा पनि जान्थ्यौँ । हरियो तन्नामा लुगा पोको पा-यो, गयो ।अनि कपडा धुने हो र, लालीगुराँस को टुसा खाँदै बस्यो ।भोलिपल्ट पखाला लाग्थ्यो, कति केटाहरु त झन मख्ख के, क्लास जान नपर्नी । बुधबार र शनिबारको डिनरमा केटाहरु डाईनिङ्ग हलमा भीड गरेको नि बिर्सिन्न । म त शाकाहारी, आफ्नो त छुट्टै ब्यवस्था हुन्थ्यो, जतिखेर गए नि मेरो भागको दही त जस्ताको तस्तै नै रहन्थ्यो , ढुक्कै । केटाहरुले मलाई फेरि फालफुले भनेर जिस्काउने के ।तर night study मा पहिले नै होम वर्क सकेर ढुकेर बस्ने केटाहरु नि थिए ।मान्छेको बाल्यकाल न हो, अहिले सम्झिँदा हाँसो उठ्छ के । Keep rolling...
Read Full Discussion Thread for this article