Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
माने, हो र, राजाको भान्जालाई साऽफ गोद्थेँ भन्नु भयो र के । किन भने एक जना राजाको भान्जो चाँहि हामी भन्दा एक ब्याच सिनियर (१ हो कि जस्तो लाग्छ है) थिए र साह्रै मिजासिला नै थिए, तपाईँको कुटाई खान पर्नी जस्ता थिएनन् र के । अनि नरेश गुरुङ्ग नि भनेसि मैले उता तिर शङ्का गरेको के । बरु हामी भन्दा एक ब्याच जुनियर चाँहि एक जना आईजीपी-पुत्र थियो । अमिताभको "मर्द" फिल्म हेरे पछि उसले नि शँकर सरको कोठाबाट ब्लेड चोरेछ र आफ्नो छातीमा नि "मर्द" लेखेछ ।उ अहिले पारसको दाहिने भाको छ रे हुल दङ्गा गर्न लाई । आईजीपीको छोराको त्यो हालत भएसि अलिक दिन त सबै स्टाफको सातो जाने नि । ब्लेड कहाँबाट पायो भन्ने के :) अलिक दिन त पिटिमा गुरुबाहरुको थेगो नै जस्तो भाको थियो नि , "गोडाफाट", "सतर्क", "भुँडी हैन छाती फुऽऽऽल्ला " भन्ने, अनि आएर छाति चेक गर्थे नि हामीहरुको । शँकर सरकै अर्को कहानी याद आयो । आसाकाजी दाई थिए नि कपाल काट्नी, कसरी काट्थे भन्ने त CB ले बयान गर्ला मैले भन्दा नि राम्ररी । एक दिन शँकर सर गएको रे कपाल काट्न । अनि काटि सकेसि पछाडि घिच्चुक (घाँटीको पछाडि भाग, गर्धन) मा छुरा लाएर shave गर्न लागेको रे । अनि शँकर सरले " आसा, अलिक तलै सम्म खौरिदे है, फेरि कमिज लाउँदा रौँ निस्किन्छ, थू थू" भन्नु भो रे । आसा दाईले नि धेरै नै बेर सम्म त खौरेछ, लास्टाँ हार खाएर "साप, हजुर, यो त खुट्टै सम्म खौरन प-यो हजुर। कपडा नखोलि नमिल्नी भयो, कोठा भित्र जानु हुन्छ कि " भनेको रे । साँगाबाट पाले हरु र सिपाहीहरुलाई लगाएर १० गुना बढी मुल्यमा पुष्टकारी र तितौरा smuggling पनि गराईन्थ्यो क्यारे, पुलिसकै स्कूल भित्र पनि । Keep rolling...
Read Full Discussion Thread for this article