Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
माने, मीसको कुरो "लप परेको" भन्थे, ठ्याक्कै जानकारी भएन । "भगत" दाई ले नै जानोस् । पछिल्लो प्रश्न चाँहि ठ्याक्कै मिल्यो। तपाईँ कसको ब्याच नि ? यो रेप-कान्डको कुरामा मलाई अर्को सम्झना आयो यार । हाम्रै ब्याचले test सकेर SLC prepare गर्दै थियो । होस्टल खाली नै थियो है । हरेक दिन क्याम्पस बिल्डिङ्गमा जाँच हुन्थ्यो है । अनि साँझ चाँहि ट्यूशन । अरु बेला PT नि हुन्थेन, games hour नि नाई । अनि गाँउ तिर नि जान पाईन्थ्यो, पछिल्तिरको गाउँमा । सुन्तला नि किन्न गईन्थ्यो राम दाईको घर तिर । तेस्तै भर्खेरै जाँड (छ्याङ्ग) खान नि सिक्दै थिये अलिक बिग्रेका केटाहरु - करेक्सन रुममा परेका खाले हरु चाहि । धेरै जसो त अनुशासित नै थिए है । अनि ग्राउण्ड तिर, पाखा तिर पनि लामो घाँस भयो भने स्कूलले गाउँका मान्छेलाई घाँस काटेर लान दिने गर्दथ्यो । भदौ-असोज तिर टेस्ट दिनी ताका घाँस काट्ने काम हुन्थ्यो क्यारे, SLC त माघमा बल्ल हुन्थ्यो । तेस्तैमा SLC आउन लाग्दा खेरि पछिल्तिरको गाउँमा लाटीले भुँडी बोकि, अनि पुलिस स्कूलका लाई देखाईकी छ अरे भन्ने हल्ला चल्यो । लाटी भनेकी गाउँमा तेस्तै १८-२० वर्षकी बोल्न नसक्ने महिला थिईन बिचरी, बाख्रा-साख्रा चराउन, नभए घाँस काट्न आउँथिन् । सुने पछि हामीले सक्दो सराप्यौँ त्यो कुकर्मीलाई । बिचरा मनै देखि नै दुख लाग्यो के तीनको दुख देखेसि त । पछि त कुरो के के भयो, गाई-गुई त कस्तो चल्न लाग्यो भने मेरै ब्याचको केटा हो भन्ने हल्ला आयो । गुरुबा हरुले "हेर है, अब शनिबार फुटबल ग्राउण्डमा एसेम्ब्ली हुन्छ, लञ्च पछि । अनि लाटीले माला बोकेर आउँछे, अनि जसले गरेको हो तेसलाई माला लगाईदिन्छे" भन्न पो थाले है । हामी सप्पै डराएर कोहीले मुख बिगार्न पर्छ भन्ने, कोहीले के भन्ने, हाम्रो त सातो पुत्लो गयो नि । लाटीले जसलाई माला लाईदिए पनि भयो । एक जना साथीले त "दिसा नधोईकन जान पर्छ, वरिपरि नै आउँदिन लाटी " पनि भनेर सुझाव दियो । पछि कमान्डेन्ट सरहरुले उल्टो तेसलाई र गाउँका मान्छेलाई "स्कूलमा धनी-खानीका छोरा पढ्छन भनेर जाल गर्ने तिमीहरुले, फेरि तेस्तै कुरा गरे थुनि दिन्छु " भनेर थर्काएछन् अरे । तर कसो कसो गरेर अलि अलि पैसा चाहि दिएका हुन् रे ती लाटीलाई भन्ने पनि सुने है पछि । जे होस्, लाटीले माला नलाईदेओस भगवान भनेर एक हप्ता जति त दिन दिनै महादेव मन्दिरमा (बनेपा जाने बाटोमा) जाने के - सबै जना जसो नै । Keep rolling...
Read Full Discussion Thread for this article