Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
कार्की दाई र सरस्वति दिदिको कुरा बल्ल पुरै याद आयो । (सत्य घटनामा आधारित, मैले चाहि केटाहरुको मुखबाट सुनेको । तर वर्णन भएको कथा चाहि साँचो, झूटो के हो, भगवान जानुन् ) (अरु पाठकहरुलाई जानकारी नि, दुबै जना नेपाल प्रहरीका स्टाफ हुनुहुन्थ्यो, एक जना किचनमा पकाउने शेफ, अर्की चाँहि होस्टलमा हामी बच्चाहरुलाई रेखदेख गर्ने आया दिदि) कार्की दाईले कपालमा भट्टमासको तेल लाएर सरु दिदिलाई भेट्न उनकै कोठामा बाह्र बजे राति तिर जानी रे । सरु दिदि ले चाँहि , "मोरा, बजियाले आज नि टाउको साँदेर आएछ, नुन खुर्सानी पनि हालेर कागति पनि निचोर्नी गरे त बरु अचार जस्तै मीठो त हुन्थ्यो नि, तेरो कपालको भट्टमासको डुङ्डुङ्गती गनाउँछ, अनि तँ आईस भनेर सप्पैले थाहा पाउँछन् " भनेको कुरा नै फेरि होस्टेलका सप्पै बच्चाहरुले थाहा पाउने के । १०-११ बर्षका केटाहरुले आधा रातमा को आयो, को गयो, कसले के कुरा ग-यो, टेपरिकेट ले झै सप्पै खिचेर राख्नी । अनि कार्की दाईले चाहि "तेल लाएर आएकै छु क्यारे, खुर्सानीले नुन पनि झारिहाल्छ क्यारे, कागति त निचोर्दा निचोर्दा भोगटे जत्रो भैसक्यो, फेरि अहिले पनि निचोर्छु त नि " भन्ने रे । तेस पछि "च्वाप्प च्वाप्प" आवाज आको पनि केटाहरुको टेपरिकेटले खिचेरै राखेका के । तेस पछि पनि अरु अरु पनि आवाज त आउने ग-थ्यो रे, यहाँ नदोहो-याम् भो । Keep rolling...
Read Full Discussion Thread for this article