Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
मलाई अरु त सबै जना राम्रो नै लाग्थ्यो, त्यो पानीको सिस्टम हेर्नी थियो नि ओभरसियर जङ्गे भन्नी जुङ्गे हल्दार साप । सेकेन्ड टर्म को बेला हो, माथि हेलिप्याड तिर गाका थियम् दुई जना साथीहरु, मन्दिर तिर गएर पढम भनेर । फर्किँदा खेरि त मलाई त येस्तो लघार्यो त्यो मुर्दारले । कान्ला कान्ला हाम फाल्दै भागेको, आफ्नो साथी भने अलैँचीको झ्याङ्गमा (माथिको पानी ट्याङ्क नेर तेति खेर ठूलो अलैँची घारी थियो, हेलिप्याड जाने बाटोमै) लुक्यो, मलाई भने समात्यो । त्यँहाबाट चुट्दै चुट्दै हिँडाल्छ केरे । दाहिने हातले कान बटार्छ, देब्रे हातले गालाँ ठटाउँछ । अनि एक छिन पछि देब्रे हातले कान बटार्छ, दाहिने हातले गालाँ फेरि ठ्याम्म । न कुनै गल्ती, न कुनै कसुर के । कुरै कुरामा म तेतिखेरको किलासको सपभन्दा पढन्ते केटो केरे, अनि गोपाल सर भिपी (भाईस प्रिन्सिपल) । ढुङ्गाना सर र गोपाल सरको क्वार्टर सँगै थियो । ढुङ्गाना सरको मा लान लाई मलाई कानको भरमा उचालेर घिरमुन्ट्याउँदै थियो तेसले, ठ्याक्क भटभटेमा गाजलु आईहाले । अघि सम्म होस नपाको म त गाजलु लाई देखेसि त क्वाँ-क्वाँ डाँको छोडेर रुन थालि हालेँ नि । गाजलुले तेसको सातो खाईदे । अँग्रेजीमा "What is the problem? What did he do?" भनेर के भनेका थिए, जङ्गेया सातो उडिहालो नि । मलाई भने गाजलुले फेरि सकि नसकि जङ्गे हल्दार सँग अँग्रेजी बोल्न थालेको देखेसि ("भाईस प्रिन्सिपल" भाको ले होला नि भन्ठान्छु) त उल्टो हाँसो पो उठ्न लागो त । रुँम कि हासुम, म त फँसे । तो जड्गेले कसरी बुझ्नी हो र अँग्रेजी, जे गरि नि "हो साप, हजुर साप" भन्छ, प्रश्न सोधे नि "हजुर साप" भन्छ, "I ask you what he did" भन्छ सरले, जङ्गेले "हो साप" भन्छ । अनि अझै रोये जस्तै गरेर "Sir, I have an exam tomorrow" भनेर होस्टेल तिरै फर्केँ । अनि ठ्याक्कै तेतिखेर नेपालाँ नि "फाक् यू" भनेर माझी औँलो ठड्याउने चलन आको, भर्खर भर्खर अँग्रेजी फिलिम हेरेर हो कि, दार्जिलिङ्ग तिर बाट साँगा आउने केटाहरुले सिकाएका हुन् थाहा भएन, जे होस्, औँलो ठड्याउन चाहि तेतिखेर भर्खरै सिकेको । अनि बाटोमा जङ्गे भेट भो कि माझि औँलो ठड्याएर "नमस्ते दाई, फाक् यू" भन्थेँ, उसले पनि मख्ख परेर खुबै मान गरो भन्ठानेर होला नि, "नमस्ते नमस्ते बाबु, अस्तिन झुक्किएछ, अब माथि जाने बेलाँ मलाई एक चोटि सोधे झै गर्नु होला है" भन्थ्यो, साथीहरु मर्ने गरि हाँस्थे । Keep rolling...
Read Full Discussion Thread for this article