Posted by: shree5 January 2, 2006
php/java help please -shreeFive
Login in to Rate this Post:     0       ?        
एउटी आईमाईले खोलामा नाङ्गै नुँहाउदै गरेकी रहिछन्, ठ्याक्कै उनका जेठाजु आई पुगेछन्। हतपत के पाईन्छ लाज छोप्न भनेर खोज्दा एउटा एक हात गज भएको तौलिया (towel) भेटिछन्। अनि जेठाजु को अगाडि तेही तौलिया ले आफूलाई छोप्न खोजिछन्। माथिको भाग छोप्न खोजे तलको देखिनी, तलको छोप्न खोजे माथिको देखिनी, बिजोग भएछ उनको । धन्न कसो कसो बुद्धि आएछ र आफ्नो पछाडिको भाग चाहि जेठाजु तिर फर्काईछन र तौलिया चाहि ढाडमा बेरिछन्। Echoes - jee, मेरो नि तेस्तै हालत भयो क्या । मेरो सर्भर लिनक्स माथि बसेको Apache हो, php मा जे गरे नि पाईन्छ, बाँकी कहाँ छ त्यो सर्भर भन्ने नि थाहा छैन । भनेसि PUT enable गर्ने मेरो वसमा रहेन । ती आईमाईले त बरु पछाडि तिर फर्केर लाज जोगाईन, म चाहि कता फर्किनी हो खै ? लौ न केही भये सुझाई पाउँ है । NB: म पुरुषै हुँ है, फेरि बित्थामा जत्था पछि लाग्ला। यो ठाउँमा त तेस्तो नि हुने ग-याछ, एउटा फुला परेको (flip flop) लाई को को ले खेदिराका थिए अस्तिन कहिले हो । Keep rolling...
Read Full Discussion Thread for this article