Posted by: Dada_Giri January 1, 2006
Login in to Rate this Post:
0
?
(लाल प्रसाद सर यानेकि हाम्रा लालेको ल्होछार)
ल्होछारको यादमा कथा
मुखियाको आँगन, पौष १५ को साँझ, सुर्यास्त हुन केही समय बाँकि। अलिअलि जाडो छ.
साँझमा स्वस्थानी सुन्न जाँदा लगाउने लाखु टोपी लगाएर लाल प्रसाद मुखियाको आँगनमा पुग्छन्।
यतिबेलासम्म कोही आइपुगेको जस्तो देखिँदैन।
}}"ले बुढी, तमाखु भार्दे मास्टर बाबुलाई।"
मुखिया बाले जाडो मानेको लाल प्रसादलाई माया गर्दै तमाखुले सत्कार गर्न खोज्छन्।
"मूखिया बा, मैले तमाखु खान्न।" , कोही पनि नआइसकेकोले संकोच मान्दै लाल प्रसादले तमाखुको सत्कारलाई थमौती गर्न खोज्छन्।
"आबुइ! कास्तो कुरा गार्छ है गाँठी, जिम्मावालको छोरा भएर नि तामाखुसित डाराउँछ? छोरा भएर जे पनि गार्नुपर्छ। कहिलेको भोट कहिलेको मधेश! नात्र अहिले नाच्ने केटी पनि पाउँदेन है भन्छ।", भन्दै मुखिनी आमा भित्र पस्छिन्।
यत्तिकैमा डाँडाघरबाट माने पनि आइपुग्छ, "सरको सावारी भइसकेछ। कताबाट भागुमान् आयो कुन्नि, आज तो।"
"अब मुखिया बाकहाँ रमझम हुँदाखरि पनि हामी नआउने कुरा हुन्छ त? " लाल प्रसादले थगुलाई प्ति प्रश्न गर्छन्।
भित्र भने सबै जना रम झममा मस्त छन्। पक्वानहरु तयार हुँदैछ। मुखियाकी छोरी सानुमाया लाल प्रसाद सरलाई देखेर अभिवादन स्वरुप खिसिक्क हाँस्छे।
एकैछिनमा थगु पनि आइपुग्छन् । थगु मास्टरको दौँतरी ! थगु भर्ति भएर पहिलो छुट्टिमा फर्केका। हिजोमात्र क्यासेट घन्काउँदै स्कुलमाथिको ओरालो लागेको देखिन्थे। स्कुलपछि लाल प्रसाद सरहरुसितै कल ब्रेक खेलेको हुनाले खासै भलाकुसारीको आवस्यकता परेन।
मानेले सोधे, "ए! काइँला पनि आइसकेछ। के छ काईँला, कहिले आयो? कतिको छुट्टी छ रे? यसपाली त भुसुक्कै बास्ने होला नि गाँठी! बारीको सुन्तला पाक्नी बेलिसम्म? पोहोर काईँलाले सुन्तला खानु पाइन भानेर बुढी भन्दै थियो।"
मानेले कटुसको पात बेरेर बिँडी बनायो। त्यो बिँडिको ठुटो सल्कायो र खोपियाबाट कुल्पि निकाल्दै राख्यो। एकैछिनमा घाम पनि पश्चिमको देऊराली मुनि लुकिसक्छन्, जाडोले सेक्न थालिसकेकोले सबैजनामाथि पटाहातिर सर्छन्।
सानुमायाले गुँद्री माथि काम्लो ल्याएर बिच्छयाइदिन्छे। लाल प्रसादका लोभी आँखा सानुमाया कै अनूहार चिहाइरहेका हुन्छन्। सानुमायालाई ल्होछारको नयाँ घल्याक साह्रै सुहाएको छ।
मुखिनी आमैले तमाखु लिएर निस्किन्छिन् र लाल प्रसादको अगाडि टकार्छिन्। लाल प्रसादले पहिलो सुर्को तान्छन् । एक सर्को लगाएर, फेरि एक सर्को तानेपछि मुखिया बाको अगाडि सार्छन्। स्वाद थाहा नभएर हो अथवा मुखिया बा को सत्कार गरेर हो कुन्नि त्यो त भगवान जानुन्।
मुखिया बाले पनि दुइ सर्का तान्दै "ला!" भनेर मानेतिर सार्छन्। माने यानेकि मान बहादुरले बिँडिको ठुटो निभाएर आधा ठुटो बिँडि खल्तिमा राख्छन् र तमाखु सर्काउन थाल्छन्।
?मिना आएन सर?? सानुमायाले संकोच मान्दै लाल प्रसाद सरलाई सोध्छे।
मिना लाल प्रसादकी बहिनी, ठ्याक्कै भन्नुपर्दा सानुमायाकी सैनी!
?खै!?
लाल प्रसादले सिधै "आउँदिन मिना त" भन्नु भन्दा दोधारे जवाफ दिए।
मुखिया बाले "छ्यो छ्यो" भनेपछि बिस्तारै रोदी सुरु हुन्छ। सबे नाच्दै गाउँदै लोछार मनाउन थाल्छन्।
एक पछि अर्को सबै जना नाच्न थाल्छन्। सानुमायाले साह्रै राम्रो नाच देखाउँछे। थगु पनि उसको हात समात्दै नाच्न थाल्छन्।
"तिम्रो घर चाँचरी
तेईँ तल है र?
तिम्लाई मैले चाँचरी
चिनेको छैन
बामरी फुलको बोट!
आयो ढल्काऊँदै झम झम इस्टकोट!
... ... ..."
मुखिनी आमाले घैलाबाट कोदोको "जाँर!" निकाल्छिन् र बटुकामा राख्दै सबैलाई पस्किन थाल्छिन्। लालु सरलाई नि टकार्छिन्।
"सर जाँर!"
लालु सरका नजर कहिले सानुमायाका ओठमा पुग्छन् कहिले सोरठिको भाकामा मर्किएको कम्मरमा। होस जति कता कता । अघिको गाँजाले भन्ने कि अब जवानीको मजाले भन्ने।
लालु सर नि २ बटुका जाँर सिद्दाए र उठ्छन्। जाँर काएको पहिलो अनुभव हुन्छ लालु सरको। कम्मर भाँच्दै। थगुको हातबाट सानुमायालाई खोसेर घुमाउन थाल्छन्।
"हाऽऽ
वारि जमुनाऽ
पारि जमुनाऽ
जमुनाको फेदैमा मनकामान!
ए! एकादशी बजारैमा फन्के रोटी थालमा हो फन्के रोटी थालमा!"
सानुमायापनि कम थिइन।
ए १६ पुगी १७ लागेँ
तिम्लाई के को खाँचो
ए, एउटा गह्रो जोतिसक्यो अर्को चाहिँ बाँझो
बुढेसकालमा पनि गर्छौ तरुनीको दाँजो
ए, हैन भने कलिलो तामालाई
सोध रामलाई
ए हलैको गोरु जखामी भयो
त्यो केटो आउनाले सोध रामलाई
लालु सर सानुमायाकै काखमा सिरानी गर्दै निदाइहाल्छन्। रात रमाइलोसित गुज्रिन्छ। कसैलाई पत्तै केही पत्तै हुँदैन।
भोलिपल्ट स्कुलमा सानुमाया त निद्राले झुपु झुपु! लालु सर पनि खुट्टा सुट्टा लरबराउँदै।
सानुमायाले सोध्छे?
"सर! अझै साकिएन र?"
लालु सानुमायाको छेऊमा पुगेर,
"छोरो भएपुछि भोट मध्धेश गार्नु पर्छ जे भयो यो भयो लेऊ अझ एक कचौरा जाँर धप्दिन्छु, !"
मिना लालुमायाको छेउमै किंकर्तव्यबिमुढ हुन्छे, लाजले भुतुक्कै पर्छे, सानुमाया पनि लाजले भुतुक्क हुँदै मिनातिर मुखामुख गर्छे।!
किलाँस सन्नाटा!