Posted by: Ocean January 1, 2006
Login in to Rate this Post:
0
?
यी काकाले नाइटी र साइटी भन्ते, कस्ती रचे त भनेर आज यसो ति अम्रिका'ट आका माइकले को फिलिम केमरा ले'र चाइन्जो दोबाटाँ बसेर हेरेको त मेरो त सातै गो । भो काका नाइटी त भ'न ! यस्तीसँ बस्न भन्दा त बोरु राणै बस्नु फाँणै खानु ठीक देउचु म त !
हेऽऽऽ
भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा
कोइ साथी हवल्दार छन कोइ साथी जम्दार
कोइ साथी डाङ्डर भए कोइ साथी वैदार
सबैजानाऽऽऽऽऽसबैजाना सोध्छन मलाइ आजकाल तँ के गर्चस् ?
दिनभरी झिँगा मार्चु राति उडुस मच्छर, धत्तेरिका !
भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा
सन्सारमा आफुमत्रै भइचु बिजोडी
जता हेर्चु उतै देउछु मयालुकै जोडी
एकदिन तऽऽऽ एकदिन त मलै पनि एउटीले डाकी
तर हजुर फर्की हेर्दा दाँत फुक्लेकी लाटी धत्तेरिका !!
भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा !
हेर गाम्लेरू काकाले भनेकी नाइटीको त्यै केमराँ खिचेको फिलिम् !