Posted by: shree5 December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
उता नेपालाँ भनि देउता-दाईहुरले येस्तो येस्तो अर्न थालेचन् है । चइनी ईतिकिति किर्सिनीको दाम पठाईदिन पा पुनि चईनी भैँसी दुहुनी काम गर्दै चईनी निमेक लाम्दै हिँड्न त पर्थेन कि बरा । ए भउते, के बिचार अ-याछौ, हँ ? आजको कान्तिपुरबाट, - http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=60904 भैंसी दुहुँदै लोकजागरण (घनश्याम खड्का ) लम्के -तनहुँ), पुस ८ - भैंसी त लैनै थियो । अचानक पाडो मरेपछि दूध दिन छाड्यो । ऋणधन जसोतसो गरी जोडेको भैंसीको यो हविगत हुँदा गहिरो चिन्तामा थिए ५६ वषर्ीय किसान तीर्थबहादुर अधिकारी । तर उनको यो चिन्ता धेरै दिन रहन पाएन । लोकजागरणमा वषर्ाैंपछि गाउँ छिरेका कांग्रेसी नेताले गोबर सोहोरे, भैंसी पखाले र दूध दुहे ! हुन पनि दूध नदिएको त्यो भैंसी दुहेर गाउँलेलाई छक्क पारिदिए दुई-दुईपटक सांसद भएका सन्त नेता शंकरप्रसाद पाण्डेयले । 'मैले त डाम्नाको आसै मारेको थिएँ,' पाण्डेयले भैंसी लाइनमा ल्याइदिएपछि अधिकारीले भने- 'अझ कुनै समय सरकारमा पुगेको मान्छेले यसरी भंैसी दुहीदेला भनेर त सोचेको पनि थिइनँ ।' पाडो मरेदेखि थुनमा छुन पनि नदिने भैंसी पाण्डेयको हात परेपछि नियमित दूध दिने भएको छ मकरतन्त्रविरुद्ध जनता जगाउने पार्टीको केन्द्रीय नीति बोकेर गाउँ हान्निएका पाण्डेय गत आइतबार जिल्लाको उत्तरी भेग सतीस्वाँरा-४ लम्केडाँडा पुगे । त्यहीँ उनले अधिकारीलाई भेटे । 'छँदाखाँदाको भैंसी बिग्रेकामा उनी निकै पीर मानिरहेका थिए । त्यो टुलटुल्ती हेरेर बस्न मनले मानेन,' पाण्डेय भन्छन्- 'मैले गरे हुन्छ कि त भनेजस्तो लाग्यो । नभन्दै भगवान्ले साथ दिए, भैंसी पगि्रयो ।' कुनै समयका शिक्षक पाण्डेयले भैंसी पनि पालेका थिए रे । भन्छन्- 'मैले पनि लैनो भंैसीको पाडो मर्दाको पीडा सहेको छु । उतिबेलाको अनुभव अहिले काम लाग्यो ।' उनका अनुसार पाडो मरेको भैंसीको मुखमा नुनको ढिका राखेर दूध दुहुने र पहिलो सिर्का भैंसीकै मुखमा पार्ने गर्नुपर्छ । यसो गर्दा उसमा संवेगको सञ्चार हुने र दूध पग्रने गर्छ । अधिकारीको भैंसी दुहुँदा पनि उनले त्यही गरे । किसानको सुखदुःखमा नेताले यसै गरी साथ दिएमात्रै लोकजागरण भई तानाशाह परास्त हुने पाण्डेयको विचार छ । 'भैंसी दुहुनु वा तरकारी गोडिदिनु पनि लोकजागरणकै एउटा पाटो हो,' उनले थपे ।
Read Full Discussion Thread for this article