Posted by: Dada_Giri December 24, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
>यसो मनमनै कुरो गम्दाखेरी त बिर्खे माइल्दाइको पनि राम्रो सुर छैन जस्तो मान्चु म त ! कैले फिलिप्फलपी भा'ठाम्मा भँइँमा लडेँ भन्चन, कैले आफ्नै सुराँ "केटीले शेखी नअर्नु" भन्दै हिडिरा' देउछु ! हँसायो यो गर्मिनीका समूद्रले। चित्रेको त यता आयरीतिर जाने बेला भऽछ केरे अनि मैनासित बिदा माग्दै हिने बरा। कुरिराखे त हुन्तो मैनाले। चित्रे: > जाँदैछु है म बिदेशमा जाँदैछु है म बिदेशमा धन कमाई ल्याउने आशैमा नरोऊ है आपा हे आमा! म आउँछु २,४ वर्षमा जाँदैछु ... ... ... कर्मले लेखेको यो दिन यो मन रुन्छ छिनछिन होऽ, कर्मले लेखेको यो दिन यो मन रुन्छ छिनछिन बावु आमा दजुभाइ छोडेर जानुछ मन यो बाँधेर जाँदैछु ... ... ... कलम कापी लिएर दु:ख पिरलाई बिर्सेर होऽ कलम कापी लिएर दु:ख पिरलाई बिर्सेर लेखौँला चिऽठी हाँसेर आफ्नो घरलाई सम्झेर जाँदैछु ... ... ... दिन र रात गनेर महिना बर्ष भनेर दिन र रात गनेर महिना बर्ष भनेर चाँडै नै आउँछु म फर्केर खुशीको बहार बोकेर औँसीको रात बिते झैँ दु:खको दिन जानेछ बिहानी घाम झुल्के झैँ सुखको दिन आउनेछ सुखको दिन आउनेछ दु:खको दिन जानेछ जाँदैछु ... ... ...!
Read Full Discussion Thread for this article