Posted by: Ocean December 24, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु ! फेरी सप्पै हिडेचन् ! यस्तै हो भने यो चौताराँ दुवो उम्रिनि भो । नमेको अत्तोपत्तो छैन, सिरे पखरातिर ला'चन भउतेको के कुरा अर्नु बेलडाँडा तिरै ट एउडी टीपेर ल्याउनी होला ! यसो मनमनै कुरो गम्दाखेरी त बिर्खे माइल्दाइको पनि राम्रो सुर छैन जस्तो मान्चु म त ! कैले फिलिप्फलपी भा'ठाम्मा भँइँमा लडेँ भन्चन, कैले आफ्नै सुराँ "केटीले शेखी नअर्नु" भन्दै हिडिरा' देउछु ! अइले आ'र फेरि माइलदाइ त घराँ जिम्माल्नी भाउजुलाइ पखरा जान्चु भनेर पल्ला गामतिर पुयारचन् !साथे खोज्दै आ'कुम म त भन्ते अरे ! यसो अर्न हुन्न माइल्दाइ भन्दाखेरीनी नेपाले कान्छाको झ्याँको झार्नीअरी झोक्किएचन्, "मैले के बिराएँ" भन्दै ! जिम्माल्नी भाउजुलाइ था'छ की छैन कुन्नि ! लु अब यो रित्तो चौताराँ पुसमासको चिसो स्याँठ खान म नि आउदिन एउदुइ दिन । ओहो...डियाँलाइ घासपराल अरेकै छैन गाँठे..... जान परो !
Read Full Discussion Thread for this article