Posted by: shree5 December 23, 2005
need helpie...
Login in to Rate this Post:     0       ?        
भकारोमा बलियो खाँबो (किलो) गाडेर एउटा बलियो दाम्लाले त्यो कम्प्यूटरलाई बाँध्नुस । त्यसपछि एक डोको जति मीठो मीठो सिरु को पात, दुबो आदि घाँस काटेर हाल्नुस । तपाईँको कम्प्यूटरलाई भोक लागेको जस्तो छ, कुरो सुन्दा खेरि त घाँस पनि खान्छ जस्तो छ ;) केही गरि घाँस जतिको तति नै रह्यो, भनेको कम्प्यूटरले घाँस खाएनछ भने, एउटा ताउलो (खड्कुलो) मा टन्न ढुटो र मकैको पीठो हालेर कुँडो पकाएर खान दिनुस्, पक्कै खानेछ र ठीक हुनेछ ल । त्यसपछि गौवा लिएर दूहुन बस्नुस, बिहान-बेलुकै चार-चार माना दूध नदिए त मलाई भन्नू ल ;) Keep rolling...
Read Full Discussion Thread for this article