Posted by: Birkhe_Maila December 23, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
खै कहाँ छ मेरो माया? बर्षौँ कुरेँ मैले! कहिले साथ खोजेँ कहिले सान्तवना खोजेँ फगत एक साथी खोजेँ! यात्रा मा खोजेँ बास मा खोजेँ जिवनको हरेक सास मा खोजेँ आनन्दमा खोजेँ खुसिमा खोजेँ रमाएर त्यसै उल्लासमा खोजेँ विस्मातमा खोजेँ त्रासमा खोजेँ कहाली लाग्दो उदासीमा खोजेँ आशाको मिठो भावमा खोजेँ निराशाको घोर त्रासदीमा खोजेँ यथार्थको विराट, कटु सत्यमा खोजेँ तर खै कहाँ छ मेरो माया? बर्षौँ कुरेँ मैले कहिले साथ खोजेँ कहिले सान्तवना खोजेँ फगत एक साथी खोजेँ!
Read Full Discussion Thread for this article