Posted by: Neupane December 22, 2005
Nepali waiting for DEADTH penalty
Login in to Rate this Post:     0       ?        
continued:... प्रवउ कुंवरका अनुसार जेल पर्नुअघिसम्म उनी थाइल्यान्डमा एक जनाको घरमा घरेलु नोकरका रूपमा काम गर्थे। सोही अवस्थामा घरमालिकको आदेशअनुरूप केही सामान लिएर थाइल्यान्डबाट इन्डोनेसिया पुगेका थिए। सोही क्रममा उनी पक्राउ परे। उनको सुटकेसमा सेतो हेरोइन भेटियो। उनले उक्त सुटकेसमा के छ भन्ने कुरा पक्राउपछि मात्र थाहा पाएको पनि बताए। विदेशी भाषा बुझन नसकेका कारण आफू निर्दोष रहेको कुरा त्यहा“का अधिकारीहरूलाई राम्रोसंग बुझाउन नसक्दा आफू जेल बस्नुपरेको कुरा पनि इन्द्रबहादुरले प्रवउ वसन्त कुंवरलाई जानकारी गराए। यससम्बन्धमा प्रवउ कुंवरले त्यहांका सुरक्षा अधिकारीसंग पनि कुराकानी भएको बताउनुभयो। तर प्रमाणका आधारमा इन्डोनेसियाली कानुनअनुसार उक्त सजाय भएको प्रतिक्रिया त्यहा“का अधिकारीहरूले उहांलाई दिए। प्रवउ कु“वरका अनुसार त्यहांका दुइ तहका अदालतबाट केही समय पहिले मृत्युदण्डको फैसला सदर गरिएको छ। अब उनलाई मृत्युदण्डबाट बचाउने एउटै र अन्तिम उपाय बा“की छ त्यो हो- त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्ने। राष्ट्रपतिबाट आममाफी हुन सके उनीविरुद्धको फैसलामा पुनर्विचार हुने थियो। ‘तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबको खांचो छ’, कुंवर भन्नुहुन्छ- ‘श्री ५ बाटै पहल भए केही हुने थियो कि’ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। उनलाई मृत्युदण्डबाट बचाउन एम्नेस्टी इन्टरनेसनल लन्डनबाटै पहल भइरहेको पनि उहांले बताउनुभयो। एम्नेस्टी लन्डन नेपाल शाखा, नेपाल समूह-३ र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको संयुक्त प्रयासमा राष्ट्रपतिसमक्ष अपिल पनि पठाइसकिएको खरेलले जानकारी दिनुभयो। ‘उनको प्राण रक्षाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा के पहल भइरहेको छ, त्यसबारे भने इन्द्रबहादुर बेखबर छन्’ -प्रवउ कुंवर भन्नुहुन्छ। ****** Seems like he has no way out except possible help from Nepalese government. :-(
Read Full Discussion Thread for this article