Posted by: Neupane December 22, 2005
Login in to Rate this Post:
0
?
PLEASE POST WHILE YOU ARE IN WESTERN EUROPEAN ENCODING.
This is what freek posted:
कमल पौडेल, नेपाल समाचापत्र डिसेम्बर २२-
काठमाडौं, एक नेपाली युवा विदेशी भूमिमा मृत्यु कुरेर बसेका छन्। त्यहांको सरकारबाट मृत्युदण्डको सजाय सुनाइएका उनलाई सहयोग गर्ने त्यहां कोही छैनन्। फरक भाषाका कारण उनले भनेको कुरा अरूले बुझदैनन्, अरूले भनेको कुरा उनी बुझदैनन्। उनी बेखर्ची छन्। बेखबर छन्, बेसहारा छन्।
नुवाकोट देउराली-८ का २ु वर्षीय इन्द्रबहादुर तामाङ इन्डोनेसियाको जेलमा चार वर्षदेखि यस्तै कष्टपूर्ण जीवन भोग्दै छन्। उनलाई त्यहां भिसा र भाषा दुवैको समस्या छ। आंसु बगाएर शरीर हल्का पार्ने आफन्त पनि त्यहां छैनन्। आंसु पिएर मृत्यु कुर्नुबाहेक ऊ स्वयम्ले त्यहां केही गर्न सक्ने अवस्था छैन। मृत्युदण्डको सजायविरुद्ध अपिल कसरी र कहां गर्नुपर्छ, त्यो पनि उनलाई थाहा छैन। उनलाई यति मात्र थाहा छ, कुनै पनि बेला त्यहांका सुरक्षाकर्मीले उनलाई बोलाउनेछन् र कतै लगेर झुन्डयाउनेछन्। उनी इन्डोनेसियाको राजधानी जकार्ताको चिप्याङस्थित ‘नार्रकोटिक करेक्सनल इन्स्टिच्युट’ मा चार वर्षदेखि छन्।
लागू औषधसम्बन्धी सेमिनारमा भाग लिन नेपालबाट गत हप्ता त्यहां पुग्नुभएका प्रतिज्ञा लागू औषध व्यवस्थापन स्कुलका सल्लाहकार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुंवरको त्यहांको जेल भ्रमण गर्ने क्रममा इन्द्रबहादुरसंग अकस्मात् जम्काभेट भएको थियो। ँएउटा नेपाली युवक बेखबर चार वर्ष देखि विदेशी जेलमा मृत्यु कुरेर बसेको देखेपछि म त तीनछक्क परें। मेरो अगाडि उभिएको एक नेपाली अब केही दिनमै मारिनेछन् भन्दा मन भारी भयो, आंखा रसाए। उनले मेरा अगाडि रूंदै भने- म मर्न चाहन्न“ मलाई बचाउनुहोस्, मृत्युदण्डबाट छुटकारा दिलाइदिन सहयोग गर्नुहोस्। मैले मर्नुपर्ने अपराध गरेको छैन’ -इन्द्रबहादुरको भनाइ उद्धृत गर्दै कुंवरले नेपाल समाचारपत्रसंगको भेटमा भन्नुभयो।