Posted by: Ocean December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यो भउते दिन दिनै स्वँठिँदै गा' छ, हांमी बुहारी ल्याउने कुरो अरिरा'बेलाँ के पुङ न पुच्छरको गिद गाउँच ? बाउ बिचरा कैले बुआरी ल्याम्ला र यो रडारो कम्ती होला भनिरा'बेला ...बिहे गर्देनन् पोर पनि अरे ....भो अब ! हे भग्वान ! ल है दम्तरी हुरु, यो बर्ख जसरी भएनी यस्को ब्या अर्नै पर्च ! असाध्यै रहर अरिच यल्ले । आज बाउलाइ ब्या अर्देनन् भनेर कराउदै छ भोलि यी दम्तरीरू मलाइ वास्तै अर्दैनन् भन्न के बेर ? मलाइ त त्यै पुड्के हल्दारकी छोरी खासा हुन्छ झेँ ला'छ अब बिर्खे माइल्दाइ के भन्चन्, हेरम् ! आचेल त केटि भनेर काँ नचिनेका नजानेका लाइ बिश्वाश अर्न नि गरो छ ! लव र सव के के भन्चन, पल्ला गाम्कि मैना त डाइबर सँ गै अरे भन्ते .....के जाती लव हो कि के हो थियो अरे ! स्यनुसोरे गाइनेको गीद सुनेसी पो था'पाको मैले त ! करिमले दिदैन उऽऽऽऽछार मैले दुख गर्नलाइ बेकार सुनको सितारा बैँसैमा पिर परो कठै बिचारा आजकलको नयाँ चलन आजकलको ठिटी केटो राम्रो देखेपछी गर्चन मरिमेटी माकुराका जाल जास्तो सारी लाउन थाले बाउबाजेको धर्मकर्म नर्क तिर फाले क्याम्पस तिर पढ्दा पढ्दै पोइल जान थालेऽऽऽऽऽ बाउले छोरी ऽऽ घरैमा पालेर गइचन पोइल ट्याउसीमा चडेर सुनको सितारा बैँसैमा पीर परो कठै बिचारा आहाऽऽ अचम्मै गाम्दो र'च सानुसोरे गाइने त !
Read Full Discussion Thread for this article