Posted by: Birkhe_Maila December 22, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
सम्झना- हरेक रात तिम्रो यादको दियो बालेर शैय्यामा लड्छु सपनीमा पनि तिम्रै अधिकार हुन्छ बिहानी हुन्छ तिमिलाई बाहुपाशबाट हटाउने मन हुँदैन तर यी आँखा खुल्छन् अनायाशै तिमि हराउँछौ अनि फेरि चराहरुको चिरविर सङ्गै तिमिले गित गाउँछौ पात पात मा परेको शितको थोपा सङ्गै तिमी मनभरि छाउँछौ पूर्वको लालीमा पनि तिम्रो खालि सिउँदो अझै खालि देख्छु र त्यो लाली टिपेर रंगाउन खोज्छु अनि मध्यान्न हुन्छ सर्वस्व ढाक्ने तातो घामले तिम्रो मिठो अंगालोको आभाष दिन्छ तिमि मै हराउँदै हराउँदै कति बेला सांझ पर्छ पत्तै हुँदैन घाम डुब्दै जाँदा फेरि तिम्रो गित सुन्छु अनि अन्तरा अन्तरामा म हराउँछु साँझको विरानीमा एकछिन म एक्लै हुन्छु फेरि तिमि निशा संगै आउँछौ मेरो मन ढाकिन्छ, छोपिन्छ र हराउँछ अनि फेरि अर्को रात पर्छ!!!
Read Full Discussion Thread for this article