Posted by: shree5 December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
मैले "हाम्रा काका खै त नि ?" भनेर सोधेको त "मलाई तिम्रा नातागोता के थाहा, तिम्रा काका को हुन्, तिम्रा सम्धी को हुन्, मलाई के थाहा" भन्च है । कुरै कुराँ थाहा भओ, ती गधा घाँस खानी हुरले त काका सित भाराको कुराँ झगडा परेको केरे, पिसाप फेर्नी भनेर रोकेको बेलाँ काकाको खुट्टा कमजोर केरे, काका बसमा नआम्दै बस त दुगुराएछन्, काकालाई छोडेर । "तँलाई चईनी हरियो बाँसमा चोयाले बाँधेर टूँ पारेर लानी मुर्दार, अब ति बुढा मुन्छेको बिचल्ली पारिस, पर्खी, तँलाई पुलिसलाई नभन्देर " भन्दै बसबाट हामी उत्रिएम् केरे । गएर पुलिसलाई पुनि भने, पुलिस दाईले पखराबाट हाम्रै गामतिर जानी सप्पै बसका डाईबर र खलाँसीलाई भन्दिए काकाको हुलिया र यस्तो मुन्छे भेटे चईनी पखरा बस पारक का पुलिस काँ जानी भन्नु कि यता आम्नी गाडीमा हालेर पठाम्नु " भनेर भनि दिए । अनि पुलिसकाँ गाको त आधा घन्टा जतिमा जो त काका पुनि आईपुगे केरे । काकाले पुनि तेसपछि पखरा तिर जो आम्नी आर्को मटर रोकेछन् र यसरी म त सईँ हुरसित छुटे भनेछन् केरे, बरा उसले पुनि काकालाई पखरा लेईदिएछ र पुलिसकाँ लेर आको तेही कुरो अर्न लाई । यसरी हराएर भेट भासि त बेसरी जो खुसी भईयो हामी । काकाले, "झोला त सप्पै ल्याईहोलास् केरे" भनेका थिए, येसो हेरेको त तेही केरा र स्याउदाना किनेर राखेको पानीकागतको झोला भने छुटेछ है फेरि मटराँ जो, हो कि गोताएँको भदाले लुकाएर खाएरै जो भ्याईसकेको थियो । एकै छिनाँ फेरि येसो बाहिर तिर हेरेर "हेर त सिरे, हेऽरि यही पुलिस्नीको बिहे नभाको भए र यसैले मान्नी भए त भउतेलाई यसैलाई जुराम्न हुन्थ्यो केरे, यो चईनी गोता चौरास हुन्थेन हामीलाई" भन्चन्। मैले, "हैन काका, तो त ठूली हाकिम्नी, चईनी ईनिसपेटर्नी जस्ती छ, सपैले तेस्लाई जो सलाम अर्चन है, हेर्नुस त। तेस्ता कुरा नअरम् भो, फेरि हामीलाई थुनिदेली, यो साईत बिग्रेका बेलाँ" भनेँ। काकाले मुन्टो हल्लाए सहमति मा जो । अनि गोताएँका घर जान परो भनेर तीनैका भदाहा लाई काकाले, "लौ नाति, अब सपै जाना नारियम् केरे, अब अघि लाउ, बाटो देखाउ" भनेको त केटाले त मेरो मुखाँ पो हेर्च त । उसले त झन् आजै जो हैच केरे मटर देखेको, कहाँ पाएर पखराँ चईनी बाटो चिनाम्नी हो र, कहिले पुनि गाउँ छोडेकै रईन्च उसले त झन् । बाँकी कुरो त फेरि काकाले जो अर्नु होला केरे नि । Keep rolling...
Read Full Discussion Thread for this article