Posted by: shree5 December 21, 2005
Login in to Rate this Post:
0
?
अनि चुरामुनिले, "उसो भा म पो क्यार्न दुख पाम्न परो र? हजुर जस्ता पाका मुन्छेका सईँ लाएर पठाउन पाएसि म पो
क्यार्न जान परो र ?" भने ।
"हेर नाति, तँलाई मजाले काखाँ राखेर उही जो पु-याम्छन्, तँ जा है त " भनेर नातिलाई पुनि भने ।
काकाले र मैले पो क्यार्न नकार्न परो र, हुन्च भनेम् केरे । चुरामुनिले, "अब बालखै जो छ, यसको भारा-सारा (गाडी भाडा)
लाउदैन केरे, काखाँ जो हिँडाल्नी हो केरे, जता लगे पुनि" भने, हामीले होला जो भन्ठानेम् केरे ।
बसाँ चरेसि भनि हाम्रो साईत बिग्रेको रैच भन्नी थाहा भओ । कन्टेटरले चईनी तो बालखको भारा माग्च केरे, काकाले
चईनी एक छिन त झगडै अर्नु भओ तेससित । "चईनी मेरा काखमा बस्च केटो, तँलाई क्यार्न पैसा दिनी हो? " भन्चन
केरे काकाले । फेरि एक छिन ठूलै भनाभन जो भओ ।
काकाले, " यसका जीबा (हजुरबा) ले त लाउदैन भन्थे, तिम्लाई के थाहा यसको बारेमा यसका जीबालाई भन्दा" भनेर
पुनि हकारे एक छिन् त कन्टेटरलाई ।
उता कन्टेटरले , "ब्या अर्दिनी हो भने बालख पाउनी बेला भओ यो केटाले, के को अझै पनि बालख हुनी हो, पाँच बर्ष
सम्मका दूध चुस्नी हुरलाई मत्रै हो भारा नलाम्नी" भन्च, म त के बोल्नी, काका जो काफी हुनुहुन्थ्यो केरे ।
जे होस्, पछि लास्टाँ त काकाले, "हुन्च त नि, एक-तिहाई कन्सेसन् अर्दे त नि " भन्नु भओ, तेस्ता चाम्रा मुन्छेबाट धन्न
फुत्काएँ भने झै मानो कन्टेटरले र पुनि टिकेस (टिकट) दियो ।
केटो मेरो काखमा बसि राको थियो केरे, गोताएँको भदाहा भन्न परो । मेरो पछिल्तिर एक जाना मधेस तिरका मुन्छेले
चईनी प्याट्ट प्याट्ट पारेर सुर्ति पड्काए, त्याँसी घुमाउरो वाटो थियो फेरि, घरि बसै एकातिर ढल्किन्थ्यो, घरि आर्का
तिर ढल्किन्थ्यो केरे, मलाई त एकै छिनाँ जो बेस्सरी जो घुमाओ फन्फनी नै । अनि त हुल्हुल्ती वाक्न (बान्ता गर्ने)
थालेँ केरे मैले त । चईनी आन्द्रा-भूँडी जो गयो कि झैँ मान्थेँ, तेस्तो भओ के । केटो पनि त्याँसी काकाको काखमा बस्न
लागो ।
तेसरी वाक्दा वाक्दै एकै छिनाँ म त जाद्रै जो कमजोर भएँछु केरे, म त मस्त निदाएँ झ्यालाँ आड लागेर । म बिम्झिँदा
त गोताएँको भदाहा चईनी यहीँ छ सिठमा बसेको, काका भने छैनन् केरे । येसो आँखा मिच्दै हेरेको त तेही हरामी कन्टेटरले,
"ए दाई, अब गाडी ग्यारीच (garage) मा लानी बेला भओ, जाउ कता जान आका हऊ" पो भन्च त ।