Posted by: kick December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यो भउते अव जसरी भानि एउटी चाइयो भनेर बुरुकबुरुक उफ्रेओ उफ्रै छ। हुन नि तेस्का छेँवले सप्पैले भ्याइसके, तो चाँइ किन हो कुन्नि केटीका माम्लामा धेरै पछि परेओछ। हेर्दा त चिटिक्क परेर पछाडीओ गोजीआँ काइँयो भिरेर हिन्च के रे, तर केटीका अँगि परो भनि के हुनि रैच कुन्नि? रातोपिरो भएर मुखाट एउटो शब्द नि निकाल्न सक्नि रइन्च। अव तेस्तो तालले काँ हुन्च? जे त पर्ला भनेर छाति दह्रो गरेर गफ हाँके त केटी त सर्लक्कै आइहाल्चन के रे नि। हाम्रा पालाँ केटी जति सप्पै आफै काँखाँ फुङ्गाल्ते, अव यी नये केटालाई एउटी भेट्न नि महाभारत। के भन्नी के नभन्नी! सिरे केटो आएर ‘लाै काका, अव यो भउतेलाई केटी खोज्न परो। यो माघ सम्म केटी पाइएन भनि तेइ कालीआँ हाम्फालेर मर्चु भन्च। के गर्नि हो?’ भनो। मैले के भन्नी? ‘अव तेले माघसम्माँ नि एउटी फकाउन सकेन भनि त वाँचेर नि के अर्नि हो? मरे भै हालो के रे नि! हरे नामर्द!’ भनेर भने। सिरेले ‘तेसो नभन्नु काका, जे भानि केटो खास्सा कै हो, सोझो छ। अव तँपै हामी जस्तो खेलाडी त तो के खाएर हुन्तो। सहयोग गरम अइलेलाइ, फेरी भोजसोज नि खान पाइन्च के रे’ भनो। कुरो ठीकै हो जस्तो लाओ। सिरेले अनि पखरातिर जानि, ब्वारी जमुनिकी सइना यामकलालाई भेट्नी कुरो अरो। केटीहुर ओस्राल्तै छन् रे तेता तिर। फेरि मेरो नि दुइटै खुट्टा झमझम गर्न लाको डेढ दुई मइना जति भओ। चिनी रोगले हो कि त? हस्पतालाँ गएर जँचाउनु नि पर्ला, केहि ओक्तोसोक्तो दिन्चन कि दाउदारले भनेर जानि कुराँ राजी भएँ। ब्यानै कुखुरा नबास्दै राँको बालेर दुईभाई हिनिम पखरातिर। बाटाँ सिरेले ‘काका, खुट्टोले दुख देओ भनि झोलो म बोक्दिम्ला के रे’ भन्दैथो। खुट्टो ठीकै थो। बिस्तारो बिस्तारो हिन्दै गइम्। कार्की नेटाको उकालो चढ्न थालेसी त केटो त लत्रिन पो थालो है गाँठे। ‘ठीक छस्?’ भनेको ‘अस्ति तो जिम्मालका दाँइआँ थालेलाई लेर जाँदा तो थालेले खुट्टाँ कुचेओ थो, दुख्न थालो भनो’। ए बाबै, केटोले अइँ भक्खरै सम्म झोलो बोक्दिनि कुरो अर्तो, अहिले त तेलाइनै मैले बोक्न पर्नि पारा पो लेउन लाओ। ‘सक्दैनस् भनि लाज नमानिकन भन्, कार्की नेटो नि आछैन अजै, फर्कि हालम यतैबाट’ भनेको ‘हैन काका सक्चु’ भनो। त्याँसि तेलाइ अगि लाएर उकालो लाइम। केटो त झन झन लत्रो, तै नि बल्ल बल्ल साँझ नेटा पुगिम्। एउटी थकाल्नीओ होटल खोजेर तेइँ बास मागिम्। अर्को दिन चईँ धन्न केटो खुरुखुरु हिनो। भात खानि बेलातिर नाैडाँडा पुगिओ। त्याँसि त सरर्र लाएर मटर चढेर पखरा पुगियो। यो सिरे केटोलाई स्यार गर्दा गर्दा चाईँ दिक्क भओ गाँठे। मटराँ चढे देखुन वाक्न (छाद्न) थालेको पखरा पुग्न सम्म छाडेन बजियाले। पखरा पुगुञ्जेल त नुन खाको कुखुरो अस्तो भओ। तेसैमाथि झन मुर्खले गोताएँ र यामकलाओ ठेगानै ल्याएनच। अव पखरा भनेओ हाम्रो गाम जस्तो हो र? शहराँ अव कता जानि हो? तै पिएन केम्पस भन्नि सम्जेर तेतैतिर मुन्चेहुरलाई सोध्दै गइम्। तेहा पुगेर मुन्चेहुरलाई गुहारिम्। धन्न तो गोताएँलाई सप्पैले चिन्नि रैचन। केटोले राउनिति अर्नि, भासनसासन नि अर्नि रैच। त्याँसि गोताएँलाई भेटेर तेस्को कोठोतिर लाइम्।
Read Full Discussion Thread for this article