Posted by: ashu December 21, 2005
Nepal ko Kanoon
Login in to Rate this Post:     0       ?        
10 years later, the issue remains pretty much the same. From today's Kantipur. मोतीमायाका आँसु 'गरिबलाई ऐन धनीलाई चैन' भन्ने उखान पहिलेदेखिकै हो । गरिबलाई झन् गरिब बनाउन नेपालका ऐन कानुनको प्रयोग गरिएका छन् । ८३ वर्षको उमेरसम्म मुद्दामा लडिरहेकी वृद्धा मोतीमायालाई पनि यिनै कानुनले साथ नदिएको हुनुपर्छ । नत्र सर्वाेच्च अदालतले फैसला गरेपछि फेरि किन जिल्ला अदालतमा संघर्ष गर्नुपथ्र्याे । पुस ५ गते प्रकाशित 'आजन्म अदालत' शीर्षक समाचारले नेपालका यिनै पुराना ऐन कानुनलाई छर्लंग पारेको छ । जसको सहारामा अदालती कर्मचारी, वकिलहरू मोतीमायाजस्तै थुप्रै पीडितलाई अदालतमा वषर्ाैंदेखि अल्झाइरहेका छन् । मोतीमायाका आँसुले त्यस्ता ऐन कानुन जसको आडमा जति पनि र जहिले पनि मुद्दा हाल्ने प्रवृत्ति अन्त होस् । प्रधानन्यायाधीशको ध्यान जाओस् । - सुशील शर्मा नयाँ बानेश्वर, काठमाडौं
Read Full Discussion Thread for this article