Posted by: ashu December 21, 2005
Nepal ko Kanoon
Login in to Rate this Post:     0       ?        
From today's Letter to editor Kantipur थुप्रै छन् मोतीमायाहरू सम्पादकज्यू, मंगलबारको प्रथम पृष्ठमा 'आजन्म अदालत' शीर्षक समाचार पढेपछि नेपालको न्याय प्रणालीदेखि वाक्क लागेर आयो । त्रियासी वषर्ीया बूढी मोतीमाया श्रेष्ठको कथा बडो यथार्थ र मार्मिक रहेछ । अन्यायमा परेकाहरूले कसरी न्याय पाउँछन् ? कहिले पाउँछन् ? यससम्बन्धी कानुनी प्रक्रिया कस्ता हुँदा रहेछन् भन्ने पनि स्पष्ट भएको छ । कानुनी प्रणालीमा देखिएका कमीकमजोरी र समस्या खोजिएकोमा संवाददाता बालकृष्ण बस्नेतलाई धन्यवाद । पहिले पनि ३५ वर्षदेखि न्याय नपाएकी सफलादेवीका बारेमा कान्तिपुरमा सचित्र प्रकाशित भएको थियो । त्यसपछि अदालतको ध्यानाकर्षण भई उनको फैसला कार्यान्वयन हुन थाल्यो । त्यसको केही महिनामै मृत्यु भएको खबर यसै पत्रिकामा पढियो । मोतीमाया र सफलादेवीजस्तै मुद्दामा अल्भिmरहेका अरू पनि धेरै यस्ता पात्र अड्डा अदालतमा भेटिन्छन् । पत्रिकाले यो शृङ्खला जारी राख्नुपर्छ, न्याय व्यवस्थामा सुधार ल्याउनका निम्ति पनि । - सरिता ओली, राम मैनाली बुटवल
Read Full Discussion Thread for this article