Posted by: Dada_Giri December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अँ दौँतरीहर सुत्न गए। ल आऊ गफ सुन। ------------------------------- काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २१- नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अमेरिकी राष्ट्रपति जर्ज बुशको आग्रहलाई राजाले नटेर्ने बताएका छन्। ‘विदेशीले भनेर राजा सुन्नेवाला छैनन् । राजालाई सहमतिमा ल्याउन हाम्रो आन्दोलन नै काफी छ ‘ उनले भने । अकास्मत् गृहनगर विराटनगर आइपुगेका कोइरालाले मंगलबार संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राजालाई दवाव सिर्जना गर्न अमेरिकी राष्ट्रपति जर्ज बुशको पत्र भन्दा दलहरुको आन्दोनल बलियो भएको तर्क गरे। सरकारले घोषणा गरेको निर्वाचन जनताले बहिष्कार गरेर देखाई दिने र त्यसपछि निरकुंशता पराजित हुने ठोकुवा उनले गरे । ‘यो निर्वाचन जसरी पनि भाँडिने छ र निरंकुशता जसरी भए पनि उठ्नै नसक्ने गरी पछारिने छ ‘ उनले भने । आफूचाहिँ प्रजातन्त्रको माग गर्ने पार्टीभित्र चाहिँ निरंकुशता लादने गरिएको छ नि भन्ने प्रश्नमा कोइरालाको उत्तर छ-’पार्टी नेविसंघ दुबैको विवाद निर्वाचन गरेर मिलाउने छु । ‘ आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाएको भन्ने अर्को जिज्ञासामा कोइरालाले हँसिलो पाराले भने- ‘मैले काला झण्डा कति देखें देखें । अहिलेसम्म मेरो मुख कालो भएको छैन। ‘ -------------------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article