Posted by: Bhaute December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आजकाल त पुन्टेदाई सँअ भेट न'भाको नि धेरै नै भएछ। अस्तेरु मुठी दुइ भट्टमास र मुठी चारेक भाजिको गुनद्रुक धोबिनिको च्यात्तेको पेटिकोटका टुक्राँ गाँठो पारेर पठाइदे'का रे'छन् के रे मलाई। पैला त यसो सुघ्दा पनि ठस्स के हो के हो गनाम्थ्यो के रे। अनि मज्जाले पखालेर घाममा सुकाइदेको त गुन्द्रुकको बास्नाले जितिहाल्यो नि। भात सात खा'सि ३-४ घन्टा सम्म बेला बेलाँ हात सुँघि राख्ने बानी के रे आफ्नो त। अब नङ पनि सुन जस्तै पहेँलै जतिखेर नि हेरिराखम जस्तो हुनि। उता सेतेहरुलाई चै यो बासना मुनै नपर्नी फेरि। यसो नजिकै बसो भने पनि खिस्रिक्क नाक खुम्च्याइहाल्नी। अब त्यो गुन्द्रुक र भटमास साँधेर खान थाले'सि त झन खास्सा भा'छ याँ। नाक खुम्च्याए नि मटराँ चढ्दा त्यसै मिँचुला जस्तो अरेर पेलेर बस्थे के रे सेतेहरु। आजकाल त बसे पनि एकै छिनाँ उठेर ठामै छाडेर हिँड्छन्। सप्पै सिट आफैलाई हुन्छ। अरु उभिन्छन, आफू चै मजाले सुतेर हिडे पनि हुनि। :-) आजकाल पुन्टेदाइले सालिको त कुरै अर्दैनन् बा ! के भ'छ र हो भनेर कुरो बुझ्दा त मैले यस्तो कुरो सुनेको छु है सईँहुर। पैला पैला यसो क्यै कुरो गर्यो कि पुन्टेदाईले मेरा सालीमा आँखा लाम्नि हैन है, फेरि आँखा साँखा तातो झिरमा उनेर सुकुटी बनाइदिम्ला भन्थे के रे। त्यति अर्दा नि केटाहुरले नछाडे पछि सालिलाई डोकैले थुन्न थालेछन् के रे। अस्तेरु मुसिरका औँसिआँ बाटुली भाउजु माइतिआँ भँगेरको पुजा छ भनेर माईत जानु भे'छ। अनि यस्तो मौकाँ पुन्टेदाई कता कता उछिटिन्छन भन्ने कुरो घाम जस्तै परष्ट छ के रे सप्पैलाई, के भनि राखम र। उता ढीँकीनेर डोकाले छोपेर राखेको सालीलाई त स्यालले कुखुरा छोपेर राकेको जस्तो मानेर खुट्टामा समा'र तान्दै छापाको चौरारिअ'ट तलतिर झारेछ। भोलि पल्ट घिसारेको डोप देखेर था' पा'को रे। अब साँचो कुरो त के हो पुन्टेदाई आफै आ'र भन्लान नि। :-) गुल्टिदै अरम् ....... :-) -भउते
Read Full Discussion Thread for this article