Posted by: Birkhe_Maila December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
पारि सटकाँ एक हुल चाइन्जो मुन्चे हरु कुन्नि के के जाति फलाक्दै रेचन्। म पनि दाइँ सकेर सपैलाइ धन्धेबात देर अझ भौते काजीलाइ यो बर्ख सकेसम्म जोडी खोज्नु परो भन्दै एकचिन यसो ज्यान तन्काम भनेर खोलो तरेर उतै गएँ। एक दुइजना सुकिलो लुआ लगाका भलाद्मी भलाद्मी मुन्चे राऊनितिको कुरो अर्दै रेचन्। अब आफू त्यति कुरो बुझ्दिन के रे राऊनितिको त्यसैले त्यसै सटकाँ भौँतारि रहेको थिएँ। अलि पर एऊटा सटकाँ बर्खाको पानी जान बनाको सिमेन्टठीको पेटि (Culvert) मा एउजना एक्लै बसेर गित गाम्दै रेच। मु पनि त्यतै लागेँ। नजिकै बसेँ त्यहि पेटिमा, उसको दाहिने पट्टी। अल्लारे उमेर कै हुन पर्च त्यो मुन्चे, जिन को पाइँट ला थ्यो जुन असाध्य मैलो भए पनि निलो हो भनेर थाहा हुनथ्यो। खैरो सटाँ उसको झुस्स र अव्यवस्थित दाह्रि भएको उदास अनुहार गाउन मा मस्त थियो। दुइ आँखिभौँ को बिचको भाग खुम्चयाउँदै उ गाउँदै थियो – यहाँ पिर बिसाउनै गारो छ तर म यसै पिरहरुमा रमाउने मान्छे मलाइ रुखो सहानुभूती नै प्यारो छ म के सोच्छु यहाँ, मान्छे मलाइ के सोचिदिन्छ जे जति गरेँ सुकर्म मैले फेरि मलाइ नै दोशि ठान्छ तर म यसै दोश हरु मा रमाउने मान्छे मलाइ रुखो सहानुभूती नै प्यारो छ जिवन मा सबथोक पाएर मैले फेरि सबथोक गुमाएँ कहाँ पुग्नु थ्यो मलाइ तर कहाँ हो कहाँ पाइला बढाएँ तर म यसै अन्योलमा रमाउने मान्छे मालाइ रुखो सहानुभुति नै प्यारो छ उसको विरही गित सङ्गै म पनि हराउँदै गएँ! यहाँ (चौतारिआँ ) आम्न पनि भुसुक्कै बिर्सेछु, त्यसैले ढिलो भाको।
Read Full Discussion Thread for this article