Posted by: shree5 December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अब मैले क्यारम् त नि ? आफ्ना मनाँ लाको र भाको कोही पुनि छैन । त्याँसी भउतेलाई, "हुन्च त नि, अब यो गामतिर त तेस्ता किरा नलागेका र चईनी जेठानी जो भन्न सुहाम्नी कोही छैनन् केरे । म अब काकालाई सईँ लिएर पखरा तिर जान्छु । अब चईनी यामकला हजुरकी बहिनी जमुनिकी सईना (मीतिनि) जो हो केरे । उसको गोताएँसित ब्या भाको हजुरले पुनि थाहा पाम्नु भओ केरे, जन्तिजो जानु भाको हो केरे । हिजाऽज पखरातिरै बस्चन केरे दुईजना जो । कता हो पिउन् (P.N.) क्याम्पसाँ पढ्चन अरे केरे, त‍ेस्का कोही होलान नि त सईँहुर । म चईनी भोलि पोर्सी जो काकालाई सईँ लिएर जान्चु र उस्तै परे चईनी भाग्यले जुराए बराउनी जो अरेर आम्चु " भनेर भनेँ केरे भउतेलाई । बल्ल बल्ल फकिए है धन्न । धन्न भउतेलाई त जसोतसो सम्झाएर आएँ केरे, अब काका फेरि चईनी जान क्यार्नी हुन् भनेर सोधेको त काकाको यो चौपारी हुँदो जहाँ बस्दा पुनि खुट्टा निदाम्नी रोग लागेको छ अरे केरे । कहीँ बस्नै जो हुन्न अरे, काकाको खुट्टा त निदाईहाल्च अरे केरे । " जे त होला, येसो मेरा यी गोडा जाद्रै जो निदाम्चन केरे, फेरि तँलाई सईँ पनि हुनी, उस्तै परे भउतेको किलो पनि बाँधिनि, जाम्ला केरे नि त, भारा-सारा (बस-भाडा आदि) भनि तैँले जो कि नभए भउतेले जो बेहोरौला केरे " भन्थे काकाले । मैले "हुन्च काका, हजुरबाट चईनी खोजेको जो तेही हो " भनेँ । अब कहिले काका र म चईनी हिँडिन्च केरे पखरातिर, हुन त काका बुढाले पुनि भन्लान् केरे नि हाम्रो यात्राको बयान त । *********** एउटा सिरियस कुरा नि, साथीहुर कसैलाई थाहा भए Behavioral Interview भनेको के हैच र, मलाई तेस्तैमा जाक्नी भएका छन्, कसैलाई केही वेबसाईट आदि थाहा भए जानकारी पाम् है प्लीज, यह‍ीँ टाँसे पुनि भओ केरे, मेरो ईमेलाँ पठाईदे झन् जाति हुन्थ्यो केरे । Keep rollling...
Read Full Discussion Thread for this article