Posted by: Bhaute December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
धन्यवाद है सप्पै सईँहुरलाई, दादा, बिर्खे, नमे, सिरे, आइते, चित्रे, स्याने, काका, पुन्टे बेसिथाने सप्पैलाई। अब यसो पाउरोटी काट्नु पर्ने, जन्म दिनको अबसरमा :-) मेरो त भर्खर दाईँ सक्कियो, दयँरा (प्रोफेसर) हरु भित्र धान कति मुरि भएछ भनेर हिसाप- किताप गर्दैछन्। बल्ल यो बर्खलाई हलुको भो। पाथि गनेको घरमुलिले हेर्न हुँदैन भने के रे त्यसैले एउछिन यसो चौतारी तिर के हुँदै रे'छ भनेर हेर्न आ'को। एउछि पछि यसो ठनास्न जानु पर्ला, दयँराहरुलाई। सप्पैजना एकै ठाममा भा' मज्जाले लगाउन हुन्थो, अब एक्लै छु, लगाम भनेपनि कता हिँउमा लडेर त्यतै सेलाइने हो भन्ने चिन्ता। अब उठाउने मुन्छे न'भ'सि के अर्नु त नि। पछि गफ अरम्ला है, अब त दिन मेरै हुन् नि :-) :-) -भउते
Read Full Discussion Thread for this article