Posted by: gwajyo December 18, 2005
Believe it or Not !
Login in to Rate this Post:     0       ?        
एक शिक्षकको भागमा कतै खातैखात कतै पुर्पुरोमा हात भनेझै बाँके जिल्लाको रझनास्थित सगरमाथा प्राथमिक विद्यालयमा २ जना शिक्षकले ७ सय ५० विद्यार्थीलाई पढाउनुपरेको छ । मुलुकमा बढ्दो शैक्षिक बेरोजगारीका बाबजुद रझेनाको उक्त विद्यालयमा शिक्षकको अभाव हुनुलाई स्थानीय अभिभावकहरू जिल्ला शिक्षा कार्यालयको गलत नीतिलाई जिम्मेवार मान्छन् । विद्यालयका प्राध्यापक नन्दबहादुर चन्दका अनुसार जिल्ला शिक्षा कार्यालयले शिक्षक सहयोग कोटाअनुसार उपलब्ध गराएको दुईवटा दरबन्दी यसै वर्षदेखि हटाएपछि अहिले ती दुई शिक्षकले ७ सय ५० विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता आइलागेको हो । उक्त विद्यालयमा दुई जना शिक्षकको मात्र दरबन्दी छ । गत वर्ष साढे तीन सय विद्यार्थी भएको सो विद्यालयमा सरकारले यसै वर्ष चलाएको भर्ना अभियानपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको हो । रझेनास्थित विस्थापित शिविरमा रहेका बालबालिकालाई पनि सोही विद्यालयमा भर्ना गरिएको छ । प्रअ चन्द भन्छन्— भर्नाअभियानले विद्यार्थी बढेकै थिए । विस्थापित बालबालिका पनि भर्ना भएपछि त थाम्नै गाह्रो भएको छ । खानेपानीका लागि टोकन कुनै बेला काठमाडौंमा टोकन लिएर मःमः खानुपर्ने एउटा रेस्टुराँको नाम जनजिब्रोमै झुन्डिएको थियो । त्यसबेला पानीका लागि पनि टोकन चाहिएला भनेर कसैले पनि सोचेका थिएनन्, तर अहिले त्यस्तै भएको छ । धेरैलाई अचम्म लाग्न सक्छ- खानेपानीका लागि टोकन । तर राजधानीको मध्यसहर काठमाडौं महानगरपालिका वडा नम्बर २९ म्हैपीवासी यो यथार्थ भोग्न बाध्य छन् । प्राप्त समाचारअनुसार यहाँका १ सय १९ परिवारका लागि टोकन हेरेर पानी वितरण हुँदै आएको छ । खानेपानी संस्थानबाट पानी मगाउन र वितरण गर्न उपभाेक्ता समिति गठन गरी उनीहरूले पाँच महिनाअघि यो नियम बसाएका हुन् । सबैलाई पानी पुर्žयाउन यो प्रक्रिया अपनाइएको समितिका संयोजक चन्द्रबहादुर श्रेष्ठ बताउँछन् । संस्थानले टोलमा ५ हजार लिटरको ट्यांकी राखिदिएको छ । संस्थानले सोमबार र बिहीबार पानी दिने गरेको छ । एक पटकमा प्रत्येक परिवारले ४० लिटर पानी पाउँछन् । ८० लिटरबाट उनीहरूले साता गुजार्नुपर्छ । पानी लगे-नलगेको छुट्याउन रजिस्टर राखिएको छ, -श्रेष्ठले बताए । http://www.kantipuronline.com/saptahik/desh.php काठमाडौं, शुक्रबार, पुस १, २०६२,
Read Full Discussion Thread for this article