Posted by: gwajyo December 18, 2005
Believe it or Not !
Login in to Rate this Post:     0       ?        
विवाह गर्नुको परिणाम बैंसमा प्रेम गर्नु, विवाह गर्नु सामान्य कुरा हो । तर यही सामान्य कुरालाई बहाना बनाएर दाङ जिल्लाको तुलसीपुर नगरपालिकास्थित एक निजी विद्यालयले आफ्ना एक छात्रलाई विद्यालयबाट निष्कासन गरेको छ । प्राप्त समाचारअनुसार अन्तरजातिय विवाह गरेका कारण यसरी निष्कासनमा पर्ने विद्यार्थी ईश्वर परियार हुन् । ईश्वरले तुलसीपुरकै अर्को विद्यालयकी अञ्जु वलीसँग प्रेमविवाह गरेका थिए । ईश्वरलाई ननिकाल्दा विद्यालयको छवि बिग्रने पि्रन्सिपल रेगु केसी बताउँछन् । 'उनलाई राख्दा अन्य अभिभावक रिसाउने भएकाले निकालेका हौं,' -पि्रन्सिपल केसीले बताए । उक्त घटनाको निजी विद्यालय अभिभावक संघ तथा दलित नेटवर्कले भत्र्सना गरेका छन् । विवाह गरेकै आधारमा विद्यार्थीलाई निष्कासन गर्न नमिल्ने उल्लेख गर्दै अभिभावक संघ दाङ जिल्ला अध्यक्ष निर्मल गौतमले उक्त घटनालाई अन्यायको पराकाष्ठा बताएका छन् । कपाल कोर्न कर गर्दा अभिभावकले कुनै आवश्यक काम गर्न कर गर्दा कसैले आत्महत्या समेत गर्छन् भने त्यो नेपालमै हुने रहेछ । आमाले कपाल कोर्न कर गर्दा आत्महत्या गर्ने एक बालिका भक्तपुरमा देखिएकी छिन् । प्राप्त समाचारअनुसार भक्तपुर गुन्डु वडा नम्वर २ स्थित बसपार्क नजिक बस्ने हर्कबहादुर तामाङकी ११ वषर्ीया छोरी सिर्जनाले आमाले कपाल कोर्न निकै कर गरेपछि दिउँसो साढे १ बजे घरको माथिल्लो तलामा पछ्यौराको पासो लगाई आत्महत्या गरिन् । घटना हुँदा घरमा बालिका र आमा मात्र रहेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार नुहाएर आएपछि आमाले तेल लगाउन र कपाल कोर्न कर गरेको केही क्षणमै सिर्जनाले आत्महत्या गरेको बताइन्छ । तामाङ दम्पतीका ६ छोराछोरीमध्ये कान्छी सिर्जना हठी स्वभावकी भएको प्रहरी सोधपुछका क्रममा परिवारजनले बताएका छन् ।
Read Full Discussion Thread for this article