Posted by: shree5 December 17, 2005
Royal and Nagarkot Massacre
Login in to Rate this Post:     0       ?        
खोई ग्वाँजो जी ले कुरो उब्जाईहाल्नु भो, "बायस्" को बारेमा त के भनम् र ? कुरो के भने नि नेपाल प्रहरीलाई मैले धेरै नजिकबाट चिनेको छु, खाली मैले पुलिस स्कूल, साँगामा पढेको मात्र भनेर होईन है । नेपाल प्रहरी को पुर्खा भनेको २००४ सालमा नेपाली काँग्रेसले राणा विरुध्द सशस्त्र लडाईँ गर्दा गठन गरेको "मुक्ति सेना" नै हो र अद्यपि नेपाल पुलिस भित्रको सम्बोधन नै "जय नेपाल" भन्ने छ, जुन यहाँलाई थाहा नै छ होला । २०१७ सालमा महेन्द्रले "कू" गर्दा पनि नेपाल प्रहरी हेडक्वार्टर बाहिर नेपाली आर्मीको पहरा दिएर तथा पुलिसलाई हतियार नछुने आदेश दिएको कथा सुनाउने त कोही कोहि प्रहरीहरु अझै भेटिन्छन्। मुख्य कुरा के भने, नेपाल प्रहरीलाई के कुरा राम्ररी थाहा छ भने नि ultimate leadership भनेको civilian/political नै हो । नेपाल प्रहरीका हरेक स्टाफ जनतासँग घुल्न रमाउँछन् । माओबादी बिद्रोहीकै लडाईँ हेर्नुस, प्रहरीले मुकाबिला गरुन्जेल न त त्यति सर्वसाधारण मारिएका थिए न त राज्यपक्षबाट मानवाधिकारको हनन् नै, जति आर्मी परिचालित भए पछि भयो । मेरो कुराको साराँश के भने नेपाल प्रहरी सिभिलियन-राजनैतिक नेतृत्वको अन्तर्गत रहन मन पराउने, वास्तवमा गर्व गर्ने, फौज हो न कि कुनै पारिवारिक खलक को सँरक्षण गर्ने । प्रहरीको आफ्नै नेतृत्व (आईजीपी आदि ) हेर्नुस- बाहुन, क्षेत्री, ठकुरी, नेवार, तामाङ्ग, गुरुङ्ग, थापा आदि सबैले नेतृत्व दिएका छन्। वास्तवमा नेतृत्वकै कुरा गर्ने हो भने नेपाल प्रहरी नै एक मात्र त्यस्तो सरकारी सँगठन होला जसले नेपालको जात-जातिको mosaic लाई साँचो रुपमा reflect गरेको छ । र त्यो भन्दा ठूलो कुरो, नेपाल प्रहरीका हरेक दर्जाका कर्मचारीलाई सबभन्दा ठूलो कुरा "कानून" हो भन्ने कुरा राम्ररी थाहा छ, कानुन बिपरित हाकिमले अह्रायो भन्ने नमान्ने, मुद्दै हाल्ने-लड्ने र अझ माथि उजुरी गर्ने वा पत्रिकामा खबर प्रकाशित गर्ने सिपाही पनि पुलिसमा प्रशस्तै छन् । शायद तेहि भएर होला, पारसले पुलिसको नेतृत्वलाई कुट्नै पनि गयो । नेपाल पुलिसका मान्छेलाई साँगठनिक अनुशासन पनि थाहा छ, मानवाधिकार पनि । अनुकुल राजनीतिक र साँगठनिक वातावरण दिएको खण्डमा उनीहरु कुनै पनि पश्चिमा देशका पुलिस भन्दा कम छैनन्। अब नेपालको तथाकथित आर्मीको प्रसँग हेर्नुस, त्यँहाको नेतृत्व भनेको जन्मौटे धुपौरे खलकको पेवा जस्तो छ, र तलका जवान हरु पनि हेर्नुस- सबै पागल जस्ता छन् जसले छोरी चेली देख्नै हुँदैन, पहिलेको अवस्था पनि । यो सबै पागलहरुको सँगठन हो जसको काम नै देशको बजेट लुकाउने र राज-खलकको सत्ता टिकाउने हो । माथिका "अफिशर" र नेतृत्वको त कुरै नगरौँ, धुपौरे हरुको खलक बाहेक अरुले चियाउनै पर्दैन । भन्नुस, आजसम्म ठकुरी र राणा बाहेक, भनौँ न कुन चाहि तामाङ्ग, नेवार, गुरुङ, मधेसी आदिले नेतृत्व गरेको छ नेपालको आर्मी ? तलका सिपाहीहरु आदि हेर्नुस, जसले हाकिमको अण्डरवेयर धुने, जुत्ता ( र अरु पनि ) मोल्ने र जनता मार्ने तथा त्यसैमा गर्व गर्ने पागल गर्ने बाहेक को छ ? माओबादी सैनिक को कुरा अर्कै छ, तिनीहरु सैनिक हुन् तर साँचो सैनिक को अर्थमा माओबादी सैनिकमा पनि ultimate leadership भनेको civilian/political भन्नेमा कुनै शँका छैन, तिनीहरु धेरै नै ब्यवस्थित छन् बास्तवमा ।
Read Full Discussion Thread for this article