Posted by: Bhaute December 16, 2005
Royal and Nagarkot Massacre
Login in to Rate this Post:     0       ?        
One more similarity here. - http://kantipuronline.com/nepali/kolnews.php?&nid=60222 शंकास्पद अवस्थामा हतियार कास नगरकोट, पुस १ - नगरकोटस्थित काली मन्दिर परिसरमा सैनिक जवान वासुदेव थापाले प्रयोग गरेको भनिएको हतियार रहस्यमय रूपले पानीमा डुबेको अवस्थामा भेटिएको छ । स्थानीय बासिन्दाले जवान थापाको शवसँगै हतियार पनि देखेका थिए । त्यो हतियार शवसँगै लगिएको थियो । शुक्रबार घटनास्थल पुगेका सैनिक अधिकारीहरूले एसएलआर जवान लडेको स्थानभन्दा पचास मिटर पर रहेको पानीको आहालबाट बरामद गरेका हुन् । घटनास्थल पुगेका एक सैनिकले उक्त हतियार गाउँलेले नै डरले त्यति पर फालेको हुनसक्ने बताएका थिए । घटनास्थल वरपरका युवाहरू अनुसन्धान र छानबिनका नाममा दुःख पाइने डरले गाउँ नै छाडेर जान थालेको एक स्थानीय बासिन्दाले कान्तिपुुरलाई बताए । भक्तपुरस्थित अस्पतालमा राखिएको शव सुरक्षा निकायले परिवारका सदस्यहरूलाईर् बुझाएको छ । दाहसंस्कार सम्पन्न गरेका अधिकांश परिवारका सदस्यहरू शुक्रबार आफन्तको काजकिरियामा व्यस्त देखिन्थे । नगरकोट घटनाको कारण बिहीबारै अधिकांश पर्यटकहरू भ्रमण छोट्याएर काठमाडौं फर्केका होटल व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित क्लब हिमालयमा बसेका २१ पर्यटकहरू शुुक्रबार हेलिकप्टरबाट काठमाडौं फर्केका छन् । त्यसैगरी शुुक्रबार नगरकोट पुुग्न बुुकिङ गरिएको अधिकांश स्वदेशी र विदेशी पर्यटकहरूले योजना रद्द गरेको थाहा भएको छ ।
Read Full Discussion Thread for this article