Posted by: shree5 December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हुन त म खाँटी काउँरेसी परेँ तेतिखेरको, तर अउसलाँ पढ्दा दुईजना कमनिस्टे सित म जाद्रै जो प्रभावित भाको थिएँ केरे, जे होला होला, नामै जो लिम भनेर नि, अउसलाँ राजनीति अर्नी नेताहुरमा मलाई सबभन्दा मन परेको तेतिखेरको अखिले नेता "राजेन्द्र राई" हो कि जस्तो लाग्छ केरे, राई भने राई नै हुन्,, नामको पक्का भएन, सहसचिव थिए, ठ्याक्कै देउता जस्ता मान्छे । आफू काउँरेसी भए नि मैले सहसचिबमा त उनैलाई जो भोट देको ल । अब आफ्नो काँउरेस पाटीमा म अर्जुन न‍र्सिङ केसिको भाई हँ भनेर एउटा गुन्डो उठ्यो केरे, आफूलाई तेस्तो पारिवारिक राउनिति भने मनै नपर्नी के, तैपनि अरु सप्पै काउँरेसलाई नै भोट दिएँ तर सभापतिमा कुमार गुरुङ र सहसचिवमा तिनै राईजीलाई दिएको भलै आफू खतरै काउँरेसी जो थिएँ केरे । बाँकी त फेरि काउँरेसीलाई जो देको नि । आर्का चईनी पश्चिम तिरका डम्बर हमाल भन्नि थिए, तिनी पनि मन पर्नी नेता जो थिए, चुनाव पछि तिनीसित पनि खुबै जो हितघत जो भओ । राउनीतिका कुरा धेरै नगरम् केरे, कि कसो ? Keep rolling...
Read Full Discussion Thread for this article