Posted by: Nepe December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दादाले ठीक भन्नु भो, यो ज्यानले पनि अउसलमै हो पिर्पिन्से साठीफिक्री पड्या । ३६ साल पछि लगत्तैको सम्या भअर राउनीतितिर ज्यास्ती ध्याउन्ना थ्यो पडाईतिर भन्दा । हुन त शुरुमा अल्लि राम्टिके राम्टिके पनि थिईयो, तर मेरा राउनीतिका गुरु (विश्वकर्मा थरका एक सहपाठी) ले त्यो त बुर्जुआ चलित्र भो, हामी पर्गतिशिल हम्, हाम्ले त करान्तिलाई हाम्रो जोबन सुम्पनु पर्च भनेसी ठ्याप्पै साधु बनियो के रे । तर पनि न्युटलदेखि नेविसंका समेत साथिहुरसंग थोरबहुत हिमचिम रह्यो मेरो । यो सर्वहारा करान्तिको नशा चड्यो पनि अउसलमै र उत्र्यो पनि अउसल मै । उत्रनुमा चै ट्रिगरको रुपमा काम ग-यो हाम्रो फ्याँकको पाटीले चीनमा जारी देङ शियाओ पिङको सुधारवादी नीतिलाई पुँजीवादी प्रतिक्रान्ति भनेर गरेको विरोधले । साम्यवादी दर्शनबाट पलायन शुरु भयो मेरो त्यसै घटना देखि । नत्र ता त्यतिन्जेल स्ववियुको चुनापसम्म लडेर र एउटा पूर्ण भूमिगत जनसंगठन (अखिल नेपाल युवक संघ) को सदस्यसम्म भईसकेर चुर्लुम्मै डुबिईसकिया थियो भनम् न । त्यो भूमिगत संगठनको सम्पर्कसुत्र चै देव गुरुङ थिए, जो अहिले माओवादीको केन्द्रिय सदस्य छन् । अउसलमै हुँदा चिनापर्ची र आवतजावत भा हो पारिजात दिदीसंग । पारिजात दिदीले मेरो एउटा कथा, जसलाई अखिलका कट्टर प्रगतिशिल सभापतिले 'बुर्जुआ गुण भएको' भनेर आलोचना गरेका थिए, लाई 'मलाई त मन प-यो' भनेर अनुमोदन गरिदिएको कुरा एउटा अर्थपुर्ण स्मरण भएर रहेको छ मेरा लागि । अउसल सकेपछि सांगठनिक राजनीतिबाट टाढा टाढा हुँदै गईयो । टिसीमा बिस्सी गर्दा स्ववियुको चुनाप एउटा विशेष शर्तमा लडेको थिएँ, त्यो नै अखिलसंगको मेरो अन्तिम सम्बन्ध हो । शर्त चाहि अखिलका केन्द्रिय सभापतिसंग गोप्य रुपमा थियो । कुरा के भने त्यतिन्जेल मैले उनलाई म साम्यवादी दर्शनमा विश्वास गर्दिन भनेर भनिसकेको थिएँ र वास्तवमा म संगठनको सदस्य थिदै थिईन त्यतिन्जेल । सभापतिले सदस्यता नलिए पनि अहिले संगठनको प्रतिनिधित्व मात्र गरिदिनुस् भनेपछि 'नाई' भन्न सकिएन । चुनाप हारियो र संगसंगै संगठनबाट पनि पूर्ण मुक्त भईयो । त्यसपछि शुरु भयो मेरो बुर्जुआ साहित्यिक जीवन अर्थात रुमानी गजल युग । 'च्यात्न नसकेको चिठी' भन्ने प्रेमपत्रगत उपन्यासिका पनि त्यहि कालको उपज हो । यो प्रवृत्तिको हिसापले प्रति-प्रगतिशिल भएपनि पारिजातको शैलिको केहि केहि नक्कल भने हो । बाई द वे, यो महिनाभरिमा यो कृति बजारमा आउला कि भनेर आशा राखेको छु । लौ गाँठे मैले त पुरा रामकहानी पो छोडेछु, कामधाम छाडेर । लु लागे म गुँडतिर ।
Read Full Discussion Thread for this article