Posted by: shree5 December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
कस्तो जुराएर ल्याएचन दादाले फुटा, गाँठे दुरुस्तै जो । काकाले फेरि छोडे खतरा डाईलख जो । हो त नि, त्यो भ्याउताको भुँडी फोर्दा कम्ति गन्हाको थियो र? आफू त फेरि माछामासु नखानी केरे, साकाहारी । कैले कैले त तीनधारा पाकसाला तिर भरना हुन जाम कि जस्तो बनाम्थ्यो के फेरि । फेरि चिर्न थाले पछि दिमाख त फेरि तगडा हो केरे नि, भ्यागुतो भए नि, गँड्यौला भए नि, साङ्ले किरा भए नि सबभन्दा पहिले त भाले हो कि पोथी हो, तेही खुट्ट्याउने, कस्तो हुँदो रैच त नि यसको भनेर हेरि हाल्नी के । आफू कता हो कता भौँतारिन परेको दुखले कैले कैले गँड्यौलो कस्तो भाग्यामानी रैच जस्तो लाग्नी - पछि थाहा भओ केरे, तेसलाई पुनि जोल्ठिन त दुईटा जो चाईन्छन् भन्नी कुरा, बिचरा यसलाई पुनि लाईन मार्न पर्नि रैच बरा हामीले झैँ जस्तो लागो लास्टाँ त । त्यो अर्को कक्रोच भन्नी किरोलाई हाम्रा गामतिर भने "साङ्लो" भन्छम् केरे ।तेत्रा बडा बडा साङ्ला त मलखातो तिर भए मत्रै, घरभित्र हुनी त सानै जो हुन्थे केरे । कुरै कुराँ आफूले फेरि केमेस्ट्री टिउसिन भने खड्का सरकाँ पढेको है । Keep rolling...
Read Full Discussion Thread for this article