Posted by: Nepe December 16, 2005
Tomarrow Valley bandha
Login in to Rate this Post:     0       ?        
प्रायोजित 'बन्द' भनेको रचनात्मक विचार र जिम्मेवारीबोध नभएका क्रुद्धहरुले गर्ने शुष्क, गैरजिम्मेवार र अशोभनिय क्रियाकलाप हो । नेपालमा 'बन्द' अत्यन्त अलोकप्रिय र वितृष्णित भएको अकारण होईन । बन्द भनेको त स्व:स्फुर्त रुपमा नागरिकहरुको आफ्नै पहलमा भएको मात्र शोभनिय हुन्छ । तर यस्तो बन्द नेपालको हालको ईतिहासमा देखिएको छैन । नेपाली जनतामा अरुको दु:ख पिडा प्रति सहानुभूति र करुणा नभएर त्यसो भएको चाहि होईन । त्यसो भएको त हाम्रा निकट अतितका अनगिन्ती सस्ता र गैरजिम्मेवार प्रायोजित 'बन्द' हरुले यस विधीलाई अपहरण गरेकोले हो । प्रायोजित 'बन्द' हरु ठ्याप्पै बन्द भए भने हामीहरुले यथास्थान यथोचित नागरिकका स्व:स्फुर्त 'बन्द' पनि देखन पाउने छौं भन्ने मलाई लाग्छ । यस्ता स्व:स्फुर्त 'बन्द' वा विरोधका अन्य विधीको सकारात्मक र सघन प्रभाव पर्ने कुरा कुनै रकेट विज्ञान होईन । *** *** *** नगरकोट नरसंहारको राजनैतिक आयाम भए पनि, पिडितलाई न्याय र राहत दिने काम नैतिक प्राथमिकतामा पर्नु पर्छ । राहत भनेको एक मुठी चिसो नोटहरु मात्र होईन; मृतक र घाईतेका प्रियजनहरुलाई सम्पुर्ण देशले कसरी सम्मान र प्रेम गर्छ भनेर देखाउने ताता आँसु, न्याना शब्द, न्यायको दृढवचन र मानसिक-चोट विशेषज्ञहरुको कुशल र नियमित सहयोग आदि पनि हुन् । जहासम्म राजनैतिक आयामको कुरा छ, त्यसबारे त के भनिरहन प-यो र । सेनालाई आपराधिकरण र दरबारको निजिकरणबाट मुक्त गरी नागरिकप्रति उत्तरदायी र पेशेवर बनाउन 'बस्ती-बन्द' भन्दा धेरै ठूलो 'बन्दोबस्त' को आवश्यकता छ । Nepe
Read Full Discussion Thread for this article