Posted by: Makalu December 16, 2005
Tomarrow Valley bandha
Login in to Rate this Post:     0       ?        
बन्द गर्ने भन्दा पनि जबरजस्ती बन्द गर्ने चलन चै हो चित्त नबुझ्ने कुरा। माओवादीहरु गोली हान्थे, पार्टीहरु ढुङ्गा मुढा। मानसिकता त सबैको उस्तै छ। बार्ता (कुरा) ले शान्ति आउदैन, ब्यबहारले आउछ। जबसम्म प्रतिशोधले प्रार्थमिकता पाउछ, अशान्तिको जग बलियो हुदै जान्छ। यो कुरा त नेतृत्व गर्नेहरुले बुझ्नु पर्ने हो। १) आन्दोलन सफल हुन जनताको साथ चाहिन्छ। तर यहा त जनतासंगै दुष्मनि गरिन्छ। २) २/४ जनाले चर्को र अश्लिल नारा लगाएर के हुन्छ? सज्जन मान्छे उनीहरुको छेउमा बस्न डराउछ। भनेसि आन्दोलनकारी घट्दै जान्छन। ३) एउटा ढुंगा हानेर राजा ढल्छ? ढल्दैन भने त्यो बाटो किन लाग्ने? गान्धि जस्तो आन्दोलनलाई लगाम दिने नेता भएनन् भने ढिलो चांडो आन्दोलन तुहिन्छ। ४) हाम्रा नेताहरु आशे राजनिति गर्छन। भारतको सचिव आउदा कात्तिकका कुकुरहरु जस्तो लाईनमा बस्ने। उनीहरुलाई जनताको ताकतमा भरोसा नै छैन। - http://kantipuronline.com/kolnews.php?&nid=60184
Read Full Discussion Thread for this article